राष्ट्रपति भण्डारीसँग औपचारिक भेटका लागि सी शीतल निवासमा


प्रकाशित मिति : आश्विन २५, २०७६ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीसंगको औपचारिक भेटका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको छ ।

आज साँझदेखि नेपालको औपचारिक भ्रमण आरम्भ गर्नु भएका चिनियाँ राष्ट्रपति सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनु भएको हो ।

उहाँहरुबीच करिब आधा घण्टा छलफल हुने बताइएको छ । छलफलमा द्धिपक्षीय हितको विषयमा छलफल हुने बताइएको छ । त्यसपछि राष्ट्रपति सी पुनः होटल सोल्टी फर्कनु हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com