‘राष्ट्रपतिको स्वागतका लागि नेपाली जनता आतुर’ : नेताहरु


प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार

sf7df8f}F,@@c;f]h -/f;;_ M k|wfgdGqL lgjf; afn’jf6/df lrlgofF /fi6«klt l; lrªkLªsf] cfzGg /fhsLo e|d0fsf ;Gbe{df lalxaf/ k|wfgdGqL s]kL zdf{ cf]nLn] cfof]hgf ug'{ePsf] 5nkmndf k”j{ k|wfgdGqL Pj+ k”j{ k/fi6«dGqLx? nufot . t:jL/ M rGb|snf If]qL

नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसका नेताहरुले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई नेपाली जनता आतुरताका साथ पर्खिरहेको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँहरुले २३ वर्षपछि चिनियाँ नेताको उच्चस्तरीय राजकीय भ्रमणको स्वागतका लागि तत्पर रहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चिनियाँ नेता सी चिनफिङबाट नेपाल भ्रमण हुने खबरले काङ्ग्रेस हर्षित भएको बताउँदै नेपाली काङ्ग्रेसले उहाँको भ्रमणलाई महत्वका साथ हेरेको बताउनुभयो । कोइरालाले भन्नुभयो, “नेपाली काङ्ग्रेसले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको छ ।”

नेकपाका नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेकपा नेतृत्वको वर्तमान सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उत्साहका साथ स्वागत गर्ने बताउनुभयो । लगानीको दृष्टिले विश्वमा एक नम्बर तथा अर्थतन्त्रको हिसाबले दोस्रो नम्बरमा रहेको चीनसँग शनिबारदेखि हुने चिनियाँ नेतासँगको भ्रमणका क्रममा सरकारले चीन वा भारत कतैतर्फ पनि नढल्किकन कुरा गर्ने बताउनुभयो । उहाँले पारस्परिक हित तथा सहयोगको आधारमा मित्र मुलुक चीनसँग केरुङ–काठमाडौँ रेलमार्गको विषयमा पनि छलफल केन्द्रित हुने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचनले सम्पूर्ण नेपालीले २३ वर्षपछि चिनियाँ नेताको स्वागत गर्न पाउनु ऐतिहासिक तथा दूरगामी महत्वको भएको बताउनुभयो । चिनियाँ नेताको उच्चतहको भ्रमणलाई नेपालले शान्ति, असंलग्नता, पञ्चशील सिद्धान्तको आधारमा कुरा गर्नुपर्नेमा उहाँको जोड थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com