विगतका वर्षहरुमा जस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले यो वर्षको दशैंमा सर्वसाधारणलाई टिका लगाइदिनुहुने भएको छ । यही असोज २१ गतेका दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसद तथा संवैधानिक निकायका प्रमुखलगायतलाई टीका लगाइदिनुहुनेछ ।
त्यस्तै, सर्वसाधराणलाई भने २ः३० बजेबाट एक घण्टा टीका लगाइदिनुहुने राष्ट्रपति कार्यालयले जानकारी गराएको छ । दशैंका दिन शितल निवासको गेट नं. एकको ढोका खुल्ला रहने बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।