देश खुला दिसामुक्त भयो, अब भिखारीमुक्त बनाउने होः प्रधानमन्त्री ओली


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

sf7df8f}F, !# c;f]h -/f;;_ M vfg]kfgL tyf ;/;kmfO dGqfnon] sf7df8f}Fdf ;f]daf/ cfof]hgf u/]sf] v’nf lb;fd’Qm /fi6« Pj+ k”0f{ ;/;kmfOdf cu|;/ g]kfn 3f]if0f sfo{qmddf ;xeflu k|wfgdGqL s]kL zdf{ cf]nLnufot . t:jL/ M gjLg kf}8]n

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषणा भएको छ। काठमाडौंमा सोमबार आयोजित विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्नुभएको छ ।

सरकारले प्रत्येक घरधुरीलाई चर्पीको पहँुचमा पुर्‍याउने मानक पुरा गरेपछि नेपाल खुला दिसामुक्त देश घोषणा गरिएको हो। यससँगै नेपालले पूर्ण सरसफाईसम्बन्धी महत्वपूर्ण लक्ष्य हासिल गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पुरा गरेको छ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सभ्यता र विकासको एक सिँढीमाथि उक्लिएको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानले सफलता प्राप्त गर्दै गइरहेको छ, यसलाई निरन्तरता दिनु पर्छ,’, उहाँले भन्न्भयो ।

यो घोषणाले सबै नागरिकको स्वास्थ्यमा सुधार हुनुका साथै मृत्युदर घट्ने, औसत आयु बढ्ने र सबैलाई निरोगी हुन सहयोग गर्ने समेत उहाले बताउनुभयो । उहाले खुल्ला दिसामुक्त पछि अब नेपाललाई ‘भिखारीमुक्त’ देश बनाउने अभियानमा लाग्ने समेत बताउनुभयो । घोषणा कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए।
सरसफाई गुरुयोजना २०६८ ले २०१७ भित्र देशका सबै घरधुरीमा शौचालय निर्माण गरिसक्ने लक्ष्य लिएको थियो। तर, लक्ष्यअनुसार काम नहुँदा घोषणा गर्न दुई वर्ष ढिला भएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल नेपालभर ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय निर्माण भइसकेको जनाइएको छ। यसअनुसार प्रदेश १ मा ९ लाख ६५ हजार २ सय ७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९, प्रदेश ३ मा १६ लाख २२ हजार १ सय ९३ घरधुरिमा शौचालय बनेका छन्।

त्यस्तै प्रदेश ४ मा ५ लाख ४८ हजार २ सय १०, प्रदेश ५ मा ७ लाख ९३ हजार ९ सय ९०, प्रदेश ६ मा ३ लाख ७ हजार ९सय ६५ र प्र्रदेश ७ मा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनिसकेका छन्।

नेपालको पहिलो खुलादिसामुक्त जिल्ला कास्की हो। कास्कीलाई २०६८ असार १० गते खुलादिसामुक्त जिल्ला घोषणा गरिएको थियो। घोषणा गरिएको अन्तिम तथा ७७ औं जिल्ला भोजपुर हो। भोजपुरलाई यही असोज ४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो।

देशको राजधानी भए पनि काठमाडौं भने गत भदौ ३१ गतेमात्रै खुला दिसामुक्त घोषणा गरिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com