सङ्कटमा  पानीघट्ट बनाउने व्यवसाय


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

;+s6df kfgL 3§ jgfpg] k]zf M ;Nofgsf] l;4s’dfv # kmnf6]df kfgL 3§ jgfpb} :yfgLo , tl:j/ M /d]z s’df/ jnL ÷/f;;

सिद्धकुमाख गाउँपालिका ३ फलाटेका पुने रेउलेले पानी घट्ट वनाउने काम गर्न थालेको ३७ वर्ष भयो । सोह्र वर्षका उमेरदेखि पानी घट्ट बनाउन व्यस्त रेउले आजभोलि फुर्सदिलो बन्नुभएको छ ।

एउटै खानीबाट ५० लाखभन्दा बढीका पानीघट्ट बिक्री गरेर आठ जनाको परिवारको खर्च टार्दै आउनुभएका सोही ठाउँका नरबहादुर रेउले पनि अहिले फुर्सदमा हुनुहुन्छ ।

घर नजीकैको ढुङ्गेखानीबाट पानीघट्ट र जाँतो बनाउन बिहानैदेखि व्यस्त हुने नरबहादुर मुश्किलले महिनामा दुईचार दिन मात्रै खानीमा आउनुहुन्छ ।
सल्यान, रोल्पा, रुकुम र जाजरकोटबाट समेत पानीघट्ट लिन आउनेहरु अहिले घटेका छन् । गाउँघरमा विद्युतीय मिलबाटै कुटानी पिसानीको काम हुन थालेपछि पानीघट्ट सङ्कटमा परेसँंगै घट्ट निर्माण पेशा पनि सङ्कटमा पर्न थालेको छ ।

बितेका तीनचार वर्षदेखि पानीघट्ट किन्ने मानिसहरु निकै कम आउने गरेको पुने बताउनुुहुन्छ । “मैले १६ वर्षको उमेरदेखि घट्ट बनाउन शुरु गरे त्यतिबेला एकजोडा घट्टको मूल्य ८ हजार रुपैयाँ थियो, काम पनि त्यत्तिकै आउँथ्यो, हामी २५ जनाले एउटै खानीमा काम गर्दा भ्याइनभ्याइ थियो अहिले छ महिनामा एकजोडा पनि बिक्री हुँदैन”, पुनेले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घट्ट बनाएरै आफ्ना छोराछोरीको पढाइ तथा खर्च टार्दै आउनुभएका नरबहादुर पनि घट्ट व्यवसाय सङ्कटमा परेपछि चिन्तित हुनुहुन्छ । “ कुनै बेला काममा भ्याइ नभ्याइ भयो, छोराहरुलाई पनि यही काममा लगाएँ तर अहिले पेशा मात्रै सङ्कटमा परेन, परिवारको आम्दानी पनि बन्द भयो ”, नरबहादुरले भन्नुभयो ।

फलाटेमा तीन ठाउँमा पानीघट्टको खानी रहेकाले यसको संरक्षण गर्न गाउँपालिकाले पनि चासो नदिएको खानी मजदूरको गुनासो छ । “यहाँको ढुङ्गा निकै बलियो भएकोले घट्टको माग पनि बढी नै थियो, न प्रचारप्रसार भयो न सरकारी निकायले कुनै चासो दियो ।” स्थानीयवासी पूर्णबहादुर रेउलेले भन्नुभयो । उहाँका अनुसार खानीबाट रु तीन करोड बढीका घट्ट बिक्री भइसकेको छ ।

अहिले एक जोडा घट्टको मूल्य रु २० हजारदेखि ६० हजारसम्म पर्ने पूर्णबहादुर रेउलेको भनाइ छ । “एक जोडा घट्ट निर्माण गर्न चारदेखि छ दिनसम्म लाग्छ तर अहिले पेशा सङ्कटमा परेपछि मानिस भारत तथा अन्य देशमा पलायन हुन थालेका छन्”, पूर्णबहादुरले भन्नुभयो ।
पानी घट्ट निर्माण व्यवसाय प्रचारप्रसार तथा व्यवस्थित गर्न सके गाउँमै स्वरोजगारको गतिलो माध्यम बन्न सक्ने भए पनि गाउँपालिकाले कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

गाउँपालिकाले खानी व्यवस्थित गर्नका लागि माग नआएको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिनुभयो । “कुनै बेला मैले पनि घट्ट बनाउने काम गरेको हुँ, समस्या छ तर पनि के गर्ने भन्ने माग नै आएको छैन”, अध्यक्ष चलाउनेले भन्नुभयो ।
उहाँहरुले माग गर्न आएमा गाउँपालिका सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।

“यहाँ पानी घट्ट बनाउने २५ जना छन् उहाँहरुले यसलाई व्यवस्थित गर्नका लागि ठोस योजनासहित माग गर्न आउनुभयो भने हामी सहयोग गर्न तयार छाँैं”, अध्यक्ष चलाउनेले भन्नुभयो । जलवायु परिवर्तनका कारण पानीका मुहान सुकेपछि घट्टसमेत कम हुँदै गएकाले माग घटेको हुन सक्ने अध्यक्षको भनाइ छ । “विभिन्न कारणले पानी घट्टको माग कम भएको हुन सक्छ, यसलाई बुझेर गाउँपालिकाले पनि योजना बनाउँछ”, अध्यक्ष चलाउनेले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com