चीनका राष्ट्रपति आउने तय भएसँगै मुस्ताङमा बढ्यो शैन्य शतर्कता (एक्सक्लुसिभ फोटो फिचर)


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउने मिति तय भएसँगै नेपाली सेनाले हिमाली जिल्ला मुस्ताङमा गतिविधि र गस्ती बढाएको छ । चीनका राष्ट्रपतिको भ्रमणको बेला वा अगाडि पछाडि नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिन नेपाल सरकारले शतर्कता बढाएको हो ।

असोजको अन्तिम साता हुने यो भ्रमण चीनका राष्ट्रपतिको २२ बर्षपछिको नेपाल भ्रमण हो । सन् १९९६ यता चीनका राष्ट्राध्यक्षले नेपालको भ्रमण गरेका छैनन् । यसपटक भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउनेछन् । उनी एक रात काठमाडौं बसेर बेइजिङ फर्किनेछन् ।

राष्ट्रपतिको भ्रमण अगाडि काठडमौंमा पनि चीनिया गतिविधि बढेको छ । यसअगाडि चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदा सयौं चीनिया सैन्य जासुसहरु काठमाडौंमा आएका थिए ।

चीनका राष्ट्रपति आउने मिति तय भएसँगै मुस्ताङका विभिन्न भागमा नेपाली सेनाको गस्तीमात्र बढेको छैन, मुक्तिनाथको धर्मशालामा नेपाली सेनाहरु अड्डा जमाएर नै बसेका छन् । मुस्ताङमा बढेको सैन्य शतर्कताबारे खसोखासका लागि दीपेन्द्र ढुंगानाको एक्सक्लुसिभ फोटो फिचर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com