आफ्नो कारणले १५ मिनेट ढिलो उडान भएकोमा पर्यटन मन्त्रीको क्षमा


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

बुद्ध एयरको उडानमा नेपालगञ्जबाट काठमाडौं आउने क्रममा सबै यात्रुको यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा आफ्नो टिमको बोर्डिङ भएको जनाउँदै यसबाट यात्रुहरुमा पर्न गर्नको असुविधाप्रति पर्यटनमन्त्री योगेश भट्टराईले क्षमा मागेका छन् । शनिबार नेपालगञ्जबाट काठमाडौं आउने क्रममा पर्यटनमन्त्रीका कारण बुद्ध एयरको उडान १५ मिनेट ढिलो भएको थियो ।

 

उडानमा ढिलाई भएको भन्दै केही व्यक्तिले पर्यटनमन्त्रीबिरुद्ध विमानभित्रै आक्रोश पोखेका थिए । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुस्ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? भन्दै आक्रोश व्यक्त गरेको र त्यो सुनेपछि आफूले उनीहरुको नियम बुझेको पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिडियोमा केही यात्रुहरु असाध्यै असभ्य शैलीमा प्रस्तुत भएका देखिन्छन् भने पर्यटनमन्त्री भट्टराई शान्त र मौन बसेका देखिन्छन् । एकजनाले भिडियोमा यो भन्दा पञ्चायत नै राम्रो भएको समेत बताएका छन् ।

कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने आफ्नो योजना रहेको तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य पर्यटनमन्त्रीले सामाजिक सञ्जालमार्फत स्वीकारेका छन् ।

उनले भनेका छन् – ‘सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा तीनचार जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com