विषादीयुक्त तरकारी भित्रिएपछि बामदेव क्षेत्रीको नेतृत्वमा ३ सय किसानले सुरु गरे अर्गानिक उत्पादन


प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार

नेपालमा वर्षमा साढे ६ सय म्याट्रिक टन विषादीहरू भित्रने गरेको तथ्याङ्क छ । त्यसरी भित्रिने विषादीहरू १७० प्रकारका रहेका र तीमध्ये दुई तिहाइभन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेका छन् । सामान्यतः विषादीका एक दर्जनभन्दा बढी समूहमध्ये नेपालमा दुईवटा समूहमात्र जाँच्न सकिने प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रले बताउँदै आएको छ ।

यसरी हेर्दा हाम्रो भान्सामा कस्तो तरकारी पाकेको छ, सहजै अनुमान लगाउन सकिन्छ । यस्तो अवस्थामा अर्गानिक खेती र स्वास्थ्यका बारेमा जनचेता जगाउने मात्र होइन, राज्य स्वस्थ्य बनाउने महाआभियानमा लागेको छ,आर्थिक समृद्धिको लागि ग्रामीण कृषि उद्यमशीलता संस्था । संस्थाले थोरै समयमा धेरै काम गर्न सफल भएको छ ।

करिब ६ महिनाको अवधिमा १० वटा संकलन केन्द्र स्थापन गरेको छ भने एउटा डिपार्टमेण्टल स्टोर बुटबलमा सञ्चालनमा छ  । डिपार्टमेण्टल स्टोर बाँके, दाङ, कपिलबस्तु, नवलपरासी, सुनसरी र काठमाडौँमा सञ्चालनको तयारी भैरहेको छ । त्यसको साथै तीन सय किसान यो संस्थामा आवद्ध भएर काम शुरु गरेका छन् । उनीहरुको खेती, पशुपालन अन्य उद्यामको लागि विमा, किसानले उत्पादन गरेको बस्तु खरिदी, व्यूउमल उपलब्ध गराउने, आधूनिक औजारको व्यावस्था गर्ने,तालिम र आवश्यक परेमा ऋणको जाँचोपाँजो मिलाउने काम पनि संस्थाले गर्दै आएको छ ।

कामलाई सहज बनाउन संस्थाले किसानहरुका समुह निर्माण गरिदिएको । कृषि क्षेत्रको पूर्वाधार, समृद्धिको आधार भन्ने मुल उदेश्य राखेको यो संस्थाले चार वर्षमा एक लाख किसानलाई अग्र्यानिक खेतीमा लगाउने योजनाका साथ कामलाई अगाडी बढाएको छ । मुख्य कुरा मानिसको स्वास्थ्य हो, जब मानिस स्वस्थ्य रहन्छन तब मात्र देश स्वस्थ्य हुन्छ, अनि समृद्धिको दिशामा अगाडि बढ्न सक्ने तर्क गर्नुहुन्छ, संस्थाका संस्थापक अध्यक्ष वामदेव क्षेत्री ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

को हुन् बामदेव क्षेत्री ?

वामदेव क्षेत्री लामो समय नेपाली राजनीतिक परिवर्तनका लागि नेतृत्व गर्दै आउनु भएको थियो । अहिले पनि उहाँ पार्टीको कामको साथै कृषि क्रान्तिमा लाग्नु भएको छ ।

अग्र्यानिक कृषक बजारमा संस्थाले किसानलाई स्वरोजार बनाउने र शहरमा उच्च शिक्षा हासिल गर्न आएका समूहमा आवद्ध किसानका छोराछोरीलाई रोजगारी दिने भएको छ ।

रोजगार र स्वरोजगारको सबैभन्दा उत्तम माध्यम कृषि बन्नसक्छ भन्दै २० जना विभिन्न क्षेत्रमा काम गर्दै आएका विज्ञहरुले अग्र्यानिक कृषि अभियानको सुरुवात गर्नु भएको छ । यो अभियानले समाजमा जनचेतना जगाउनुका साथै विषदी रहित खानाले मानिसलाई स्वस्थ्य पनि बनाउँछ ।

संस्थाका अध्यक्ष क्षेत्रीका अनुसार यो संस्थामा ‘चार वर्षमा एकलाख किसान आवद्ध भएर काम गर्ने छन भने एक हजारले रोजगारी पाउने छ ।’

विषादीरहित उत्पादनको अभियानमा किसानलाई लाबद्ध गराउने यो योजना २५ करोड बराबरको रहेको छ । यसमा अहिले जम्मा २० जनाले लगानी गर्नुभएको छ । ‘योजना २५ करोडको हो तर, सबै पैसा जम्मा भएको छैन, हामीले लगानी कर्ता बढाउने तयारीमा छौँ, उहाँले भन्नुभयो ।’ अध्यक्ष क्षेत्रीको भनाई छ ।

अध्यक्ष क्षेत्री भन्नुहुन्छ ‘संस्थाले पाँचदेखि १० लाखसम्मका साना उद्योगहरु सञ्चालनमा ल्याउने कुरालाई प्राथमिकतामा राखेको छ ।’
यसले किसानलाई समूहगत रुपमा विना धितो र ब्यक्तिगत रुपमा निकै न्यून ब्याजमा १ देखि १० लाख ऋण दिलाउन सहयोग गर्दै आएको छ । संस्थाको सहयोगमा अहिलेसम्म १४ जनाले ऋण पाएका छन् । उनीहरु सबैले त्यो पैसा अग्र्यानिक तरकारी उत्पादनमा लगाएको क्षेत्रीले सुनाउनु भयो ।

नेकपाका केन्द्रीय सदस्य तथा उद्योग बाणिज्य विभागका उपप्रमुख वामदेव क्षेत्री पार्टीको कामसँगै राष्ट्रिय अर्थतन्त्र र जनतालाई विषादी रहिद खाना खुवाउने र उत्पादनमा संलग्न गराउने अर्को अभियानमा लागेको मात्र ६ महिना भएको छ । उहाँले यो ६ महिनामा धेरै काम फत्ते गरिसक्नु भएको छ ।

जवाहरलाल नेहरु विश्वविद्यालयदेखि कृषि उत्पादनसम्म

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अध्ययन पुरा गरेपछि क्षेत्रीले त्यही कलेजमा अर्थशास्त्र विषय पढाउन थाल्नुभयो ।

करिब आठवर्ष जवाहरलाल नेहरु विश्वविद्यालयमा काम गरेपछि उहाँले देशमा चलिरहेको राजनीतिक परिवर्तनको आन्दोलनमा लाग्ने निधो गर्नुभयो । उहाँ २०५४ सालमा माओवादी पार्टीमा पूर्णकालिन कार्यक्रताको रुपमा नयाँ यात्रा तय गर्नु भयो । त्योभन्दा पहिला उहाँ विभिन्न संगठनमा रहेर काम गर्नुभएको थियो ।

केहीसमय अगाडि सातवटा देशको भ्रमण गरेको बताउँदै क्षेत्रीले भन्नुभयो ‘राजनीतिक परिवर्तनपछि कृषिक्षेत्रमा केही काम गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि थाइल्याण्ड, भियतनाम,इण्डोनेसिय,दुबई र भारतलगायतका देशमा अध्यायन भ्रमणको लागि निस्किएँ । अध्यायन भ्रमणका क्रममा लाग्यो, देशमा कृषि क्षेत्रमा सोचभन्दा धेरै राम्रो गर्नसकिन्छ, त्यो आँट र हौसाला बोकेर फर्किएको लगत्तै काम सुरु गरे । ६ महिना भयो, नतिजा तपाईको अगाडि छ ।’

भारतको केरलामा राज्यले गर्न नसकेको काम कुटुम्बश्री संस्थाले गरेको काम देखेर आफू आर्चश्य चकित परेको सुनाउँदै भन्नुभयो ‘भियतनाममा पनि जमिन र लगानी सरकारको काम किसानले गर्ने र बजार ब्यावस्थापन पनि सरकारले गरेको रहेछ, भारतमा बाहिरबाट उत्पादनका औजार र ब्यूउबिजन लैजाने र कृषिकहरुलाई सहयोग गर्ने र ठूला स्तरका राष्ट्रिय फमहरु सञ्चालनमा ल्याएको छ, हाम्रो देशमा पनि राष्ट्रिय स्तरको छुट्टै र ग्रामीण भेगमा कुटिर उद्योग सञ्चालन गर्नु आवश्यक छ, त्यसको सुरु हाम्रो संस्थाले गरेको छ ।’

अध्यक्ष क्षेत्री निकै उत्साहित हुँदै भन्नुभयो ‘अर्को देशबाट माटो किनेर सातसय ग्रामको टमार फलाएको समेत, अध्यायन भ्रमणको क्रममा मैले नै देखेँ । भनेपछि हाम्रो देशमा सुन फलाउन सकिन्छ । कृषिलाई विषदिरहित आधुनिक तरिकाले उत्पादन गर्न सकिन्छ, त्यसको उदाहरण हो, चीनको हुनान प्रान्त, त्यहाँको उत्पादन विश्वमा प्रसिद्धनै छ ।’

सातवटा देशको भ्रमण गरेपछि उहाँले नेपालका कृषि विशेषज्ञसँग कृषिका बारेमा मसिनो गरी छलफल चलाएपछि मिल्ने साथीहरुलाई योजना सुनाउनुभयो, काम सुरु गर्नुभयो । उहाँहरुले कामको थालन पाँच नम्बर प्रदेशबाट गर्नुभएको छ ।

 

 

महिला समुहलाई विनाधितो १० लाख ऋण

संस्थाले पहाडी क्षेत्रका किसानहरुलाई आत्मनिर्भर बनाउन कृषि विकास बैँक र राष्ट्रिय बाणिज्य बैँकसँग ऋणको लागि सम्झौता गरेको छ । यसमा पनि महिला समूह हुन्छ भने बिना धितो १० लाखसम्म ऋण उपलब्ध गराउने, त्यसैगरी उत्पादन गर्ने बस्तु हेरेर २५ लाखसम्म ऋण दिलाउन सहयोग गरिरहेको छ ।

अर्को, सरकारले दिएको अनुदान दिलाउने काम पनि संस्थाले गरेको छ । यसैगरी आधुनिक कृषि औजारहरु एकै ठाउँमा राखेर निकै कम पैसामा भाडामा दिने कामको पनि थालनी गरेको छ, जसले सानादेखि ठूला किसान समेतलाई काममा सहजता भएको छ ।

दाङको लमही,रुपन्देहीको सुद्धोधन र देवदह नगरपालीकामा काम भैरहेको छ ।

पहाडी जिल्लामा हाते ट्याक्टरहरु व्यावस्था गर्ने र गाउँपालीका र नगरपालस्कासँग सहकार्य गरेर,माटो परिक्षण, तरकारी खेती,पशुपालन, बजार ब्यावस्थापन र यी सबैको बिमाको बारेमा निशुल्क तालिम संस्थाले चलारहेको छ ।

तीस वटा समूहले आफ्नो समय अनुकुल अचार, गुन्द्रुक मस्यौरा लगायतको उत्पादन सुरु गरेका छन्, जुन अत्यन्तै प्रभावकारी बन्दै गएको संस्थाको भनाइ छ ।

दाङ,रोल्पा,रुकुम प्यूठान, गुल्मी, अर्घाखाँची,पाल्पामा, नवलपरासी र रुपन्देहीमा रहेका संकलन केन्द्रहरुमा आफूले चाहेजति मुल्य आउने भएपछि उत्पादित बस्तुहरु बोकेर किसान आउन थालेका छन् ।

२८ स्टोर खोल्ने तयारी

संस्थाले निकट भविश्यमा पाँच नम्बर प्रदेशमा मात्र २८ वटा डिपार्टमेण्टल स्टोर सञ्चालनमा ल्याउँदै छ ।

बुटलबमा ५० लाखको लागतमा सुरुभएको अग्र्यानिक कृषक बजारमा सबैभन्दा बढी जुम्लाको सिमी बिक्रि हुने गरेको छ ।

‘कारण बिचौलीयाहरुले किसानसँग सय रुपैयाँमा ल्याउने र उपभोक्तालाई दुई सय असीमा बेच्दा रहेछन् तर हामीले किसानलाई एकस ६० दिन्छौँ, उपभोक्तालाई २ सयमा बिक्रि गरेका छौँ । जसले गर्दा दुई महिनामा मात्र १० क्वीन्टल सिमि बिक्रि भयो ।’

अध्यक्ष क्षेत्रीले सुनाउनुभयो ‘किसानलाई घाटा नहोस् भनेर पाँचवटा कामसँगै अगाडि बढाएका छौँ । माटो जाँच गर्ने र बाटोलाई कसरी मलिलो बनाउने,कृषिको काम कसरी गर्ने, ब्यावस्थापन कसरी गर्ने, पशुपालनको तालिम, उत्पादित बस्तु संस्थाले किन्ने ग्यारेन्टी, बैंकको ऋण कसरी लिने, खेती र पशुको विमा कसरी गर्ने यी सबैको तालिम दिने मात्र होइन, काममा अप्ठारो पर्दा सहयोग गर्दै आएका छौँ ।’

संस्था थोपा सिचाईलाई पनि अगाडि बढाउने योजनामा रहेको छ । ‘थोपा सिचाईको बारेमा कपिलबस्तु, दाङ, नवलपरासी, र बर्दियामा गरी ६० जना किसानबाट यसको थालनी गरेका छौँ, यसको प्रभाव हेरेर बढाउने सोचमा रहेका छौँ’अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

६ हजार लगानी गर्दा १५ हजार आम्दानी

संस्थामा आपद्ध भएर काम गर्ने कुनै पनि महिला दिदी बहिनीले ६ हजार लगानी गर्दा १५ हजार कमाउन सक्नु हुन्छ । उहाँले उदाहरण दिँदै भन्नुभयो ‘कुनै महिलाले मस्यौरा उत्पादनमा ६ हजार बराबरको लगानी गर्नुभयो भने उहाँले १५ हजार कमाउन सक्नुहुन्छ । उहाँहरुले उत्पादन गरेका सबै मस्यौरा हामीले लिन्छौँ ।’

संस्थाले जनतामा विषादीयुक्त खानाखानु पर्छभन्ने चेतना जगाउने, विदेशीमा निर्यात गर्ने, आयत घटाउने र विदेशीयका युवालाई स्वदेश फर्काउने महत्वकांक्षी योजना अगाडि सारेको छ । गाउँमा अहिले बुढापाका मात्र छन्, जब घरमा २०/२५ हजार आय हुन थाल्छ तब युवा विदेश जाँदैन भन्ने अनुमान संस्थाको छ ।

संस्थामा आबद्ध भएका किसानले उत्पादन गरेको बस्तु ल्याप टेस्टको लागि दुबई पठाई सकेको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । ल्याप टेस्टको रिपोर्ट सकारात्मक आए, दुबईमा रोजारीमा गएका युवाहरुले नै त्यहाँ नेपाली सामान विक्रि गर्नेछन् ।

संस्थामा आवद्ध किसानले अहिले बेलको जुस उत्पादन र विक्रि सुरु गरेका छन् भने गुरास र केराको जुस उत्पाद गर्ने तयारीमा रहेका छन् । त्यसैगरी तीन महिनासम्म नबिग्रने गरी दुध प्रशोधन गर्ने तालिमको लागि संस्थाले भारतको अमुल बटरसँग सम्झौता गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com