बन्द भएका बैंकका एटीएम सञ्चालनमा, सम्बन्धित बैंकको एटीएमबाटमात्र रकम झिक्न मिल्ने


प्रकाशित मिति : भाद्र १५, २०७६ आईतबार

अनधिकृत रुपमा रकम निकाल्ने पाँच चिनीयालाई प्रहरीले पक्राउ गरेसँगै बैंकका एटिएम अनिश्चितकालका लागि बन्द गरिएका अधिकांश बैंकका एटीएम संचालनमा आएका छन् । प्रभु बैंक र एनआईसी एशिया बैंकका एटीएमहरु भने संचालनमा आएका छैनन् ।

एटीएम सेवा चले पनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन् ।

नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा  बन्द गरेका थिए ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड नेप्स  को प्रणालीलाई नै चिनियाँ गिरोहले ह्याक गरेपछि कार्डबाट बिल तिर्नमा पनि ग्राहकहरुलाई समस्या भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआइसी एसिया र प्रभु बै‌ंकको सिस्टम नै ह्याक गरिएको छ भने नबिल बैंकबाट ठूलो मात्रामा नगद झिकिएको छ । गएराति प्रहरीले पक्राउ ५ चिनियाँ नागरिकलाई एटिएकबाट अनाधिकृत रुपमा रकम निकाल्दै गर्दा समातेको थियो ।

प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ नेपाली रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ । बरामद गरिएको सबै रकम बैंकका खातावालाको एकाउन्टबाट निकालिएको खुलेको छ ।

नेपालका केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड नेप्स  को प्रणालीलाई नै चिनियाँ गिरोहले ह्याक गरेको खुलेपछि  एटिएमहरु बन्द गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा ६ वटा बैंकबाट गरी करिब ५ करोड रुपैया झिकिएको फेला परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com