नियम मिच्ने यातायातमन्त्रीको गाडीमा ट्राफिक प्रहरीको ‘ह्वील लक’


प्रकाशित मिति : भाद्र १०, २०७६ मंगलबार

काठमाडौंको नयाँ बानेश्वरमा ट्राफिक नियम मिच्ने भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाएको छ ।  मन्त्रीको झण्डावाल गाडी बा २ झ ४८६२ नम्बरको गाडीले ट्राफिक नियम मिचेपछि ट्राफिक प्रहरीले ह्वील लक लगाइदिएका हुन् ।

यो समाचार पहिलोपटक नागरिकखबरले प्रकाशित गरेको थियो । तर गाडी कस्को हो भन्नेबारे केही खुलेको थिएन ।

पैदलयात्रु हिड्ने बाटो बढी मिचेर गाडी रोकिएपछि पैदलयात्रु मारमा परेका थिए । तर उक्त समयमा मन्त्रीभने गाडीमा नरहेको जनाइएको छ । ट्राफिक नियम मिचेको देखेपछि नयाँ बानेश्वर क्षेत्रमा ह्वील लक बोकेर हिडेका ट्राफिक प्रहरीले ह्वील लक लगाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पैदल यात्रुले ट्राफिक प्रहरीको यस्तो कदमको खुलेर प्रशंसा गरेका थिए । ट्राफिक प्रहरीले मन्त्रीको गाडी चिन्दाचिन्दै पनि ह्वील लक लगाएका थिए ।

तस्वीर : नागरिक खबर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com