पर्यटनमन्त्रीको १४१ घोषणा : उडानमा वृद्धवृद्धालाई ५० प्रतिशत छुट, पशुपतिको आरती लाइभ


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत केही महत्वाकांक्षी योजवनासहित आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्यमा मन्त्रालय र यस अन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गनुभएको हो ।

मन्त्री भट्टराईले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग हुने गरी केही कार्यक्रम घोषणा गर्नुभएको छ ।

योजनाको पूर्ण पाठ

गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन तथा विदेशस्थित नेपाली नियोगमा यस संस्थाको सहभागितामा टुरिस्ट हेल्प डेस्क संचालन गर्ने लगायतका पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम सञ्चालन गर्न नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैर आवासीय नेपाली संघबीच समझदारी नै गर्ने घोषणा गर्नुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै  तीनकुने–गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ । मन्त्री  भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गर्नुभएको छ ।

उहाँले आफ्नो यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर शुन्दर सफा सडक बनाउनेमा जोड दिनुपर्ने बताउनुभयो । ‘यो नेपालको प्रवेशद्वार हो, यसलाई अव्यवस्थित राख्नु हुँदैन,’ उहाँले भन्नुभयो । भट्टराईले पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने र जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने पनि भट्टराईले जानकारी दिनुभयो ।

यस्तै पशुपतिमा नियमित प्रसाद वितरणको वातावरण बनाउने, सन्ध्या आरती यु्ट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने योजना रहेको समेत मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com