जहाँ महीनावारी र सुत्केरीलाई दिइँदैन दूधदही


प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार

जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको पाइएको छ । सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ ।

बडिमालिका नगपालिका–७ सिराडीकी कल्पना विक भन्नुहुन्छ, “बाजुराका ग्रामीण भेगमा भने दूधदहीलगायतका गोरसजन्य वस्तु केही दिँदैनन्, सुत्केरी र महिनावरी भएका महिलाले परम्परागतरुपमा न त गाईवस्तुलाई छुन मिल्छ न त गोरस प्रयोग गर्न मिल्छ ।”

सोही वडाकी मासमती विकले महीनावारी भएका बेला गाईवस्तलाई छोएमा सुक्दै जाने, बिरामी हुने र देवीदेउता रिसाउने हुदाँ गाईवस्तुलाई छुने हिम्मत नै नगरेको पीडा सुनाउनुभयो । जिल्लाका केही स्थानीय तहमा फाट्टफुट्ट गोरसको प्रयोग गरेता पनि अधिकांश स्थानीय तहका ग्रामीण भेगका सुत्केरी र महीनावारी भएका महिलालाई दूध, दही अझै नदिने गरेको बडिमालिका नगरपालिका–९ का गोपाल विकले बताउनुभयो ।

उसो त अधिकांश ग्रामीण भेगमा गाई, भैँसीको दूध, दही र मही बिक्री गर्ने चलन अहिले केही मात्रामा छ । दूधदही बिक्री गरे देउता रिसाउने भन्दै बिक्री गर्न नमानेको बडिमालिका–३ रजालीका जुना रोकायाले बताउनुभयो । जसले गर्दा व्यावसायिक प्रणालीको विकास हुनसकेको छैन । जबसम्म मान्छे व्यावसायिक हुँदैन, तबसम्म उसको आयआर्जनमा वृद्धि हुन सक्दैन भन्ने उहाँको ठम्याइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गौमुल गाउँपालिका–६ टुनीकी रचना विकले भन्नुभयो, “यो परम्परागत अन्धविश्वासका विरुद्ध गाउँ–गाउँमा अभियान सञ्चालन गर्नुपर्दछ ।” जिल्ला अस्पतालका डा रोहित गिरीले भने महीनावारी र सुत्केरी भएका बेला रगत बढी बग्ने र शरीरमा कमजोरीको महसुस हुने भएकाले यो अवस्थामा दूध, दही, हरियो सागपात, माछामासुलगायत साविकको भन्दा पोषिलो खानेकुरा बढी प्रयोग गर्नुपर्ने बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com