सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ र गैंडालाई ‘राइनो’ नभन्न प्रधानमन्त्री ओलीको आग्रह


प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई अंग्रेजीमा ‘राइनो’ भनिएको प्रति असन्तुष्टि जनाउनुभएको छ ।

एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई आज सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले गैंडालाई गैंडा नै भन्नु पर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गैंडाज आर गैंडाज, नट राइनोज ।’ सगै सगरमाथालाई पनि ‘माउन्ट एभरेष्ट’ भन्नुको साटो सगरमाथा नै उच्चारण गरिदिनसमेत आग्रह गर्नुभयो । नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको उल्लेख गर्दै उहाँले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएकोसमेत उल्लेख गर्नुभयो ।

सोमबारदेखि सुरु सम्मेलनमा ४३ देशका ४ सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com