भरतपुरका केही स्थानमा निषेधाज्ञा, चितवन बाहिरबाट आएकालाई फकाईदिने चेतावनी


प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार

पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनामाथि छानबिन र कारबाही नगर्न दबाब दिँदै निरन्तर प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले चितवन भरतपुरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा भेला भएर नारा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाएको हो ।

अस्पताल सिटीमा रुपमा चिनिने भरतपुरको उक्त क्षेत्रमा धेरै अस्पताल तथा स्वास्थ्य संस्था छन् । दिनदिनैको प्रदर्शनले बिरामी मर्कामा परेकाले प्रदर्शनमा रोक लगाइएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । ‘अराजकहरुको प्रदर्शनका कारण बिरामी मर्कामा परेकाले प्रदर्शनमा रोक लगाएका छौं’, मल्लले भने, ‘प्रदर्शन नरोकिएसम्म यो क्रम जारी रहन्छ ।’

२० साउनमा नारायणगढको एक होटलमा आत्महत्या गर्नुअघि पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मृत्यु रोज्न बाध्य भएको बताएका थिए । सोही कारण लामिछानेलाई प्रहरीले पक्राउ गरी चितवन लगेको हो । हाल आरोपी तीनैजना अदालतको अनुमतिमा प्रहरी हिरासतमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामिछाने सहितमाथिको अभियोगमा छानबिन नगर्न र कारबाही नगर्न माग गर्दै भरतपुर क्षेत्रमा केही दिनयता राजधानी र मुलुकका अन्य केही भागबाट गएको समूहले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

एसपी मल्लले प्रहरी छानबिन प्रभावित गर्ने गरी दबाब दिने उद्देश्यले जारी प्रदर्शन अराजक बनाउन खोजिएको सूचना पाएको भन्दै यदि त्यस्तो भए चितवन बाहिरबाट आएका सबैलाई बलप्रयोग गरी आ–आफ्नो स्थानमा फकाईदिने चेतावनी दिए ।

‘भिडले कसलाई कारबाही गर्ने, कसलाई नगर्ने भन्ने निक्र्यौल गर्ने होइन’, उनले भने, ‘कानूनी आधार र प्रमाणका आधारमा पक्राउ गरिएको हो । अपराधमा संलग्न आरोप लागेकालाई छानबिन गर्नै पाइँदैन भन्ने अराजक भिडले विवेक गुमाउँदै गयो भने समातेर आ–आफ्नो घर ठेगानामा लगेर छोडिदिन्छौं ।’ मल्लले त्यसअघि स्वविवेकले चितवन छाडेर जान पनि प्रदर्शनकारीलाई सुझाव दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com