मेरो स्वास्थ्य सामान्य छ : प्रम ओली


प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताउनुभएको छ । आज उहाँले ट्वीट गर्दै स्वास्थ्य परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभारका साथ आफ्नो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गरी सिंगापुरबाट आजै स्वदेश फर्किनुभएको हो ।

उहाँले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com