भक्तपुरको सडक पोखरीमा परिणत, बने ठूला पाँच पोखरी, गाडी डूब्ने र भासिने समस्या


प्रकाशित मिति : श्रावण २६, २०७६ आईतबार

भक्तपुरको सल्लाघारीबाट पुरानो थिमी जाने निकोसेरा सडक पोखरीमा परिणत भएको छ । एक महीनादेखि सडकमा ठूला पाँच पोखरी बनेर साना सवारीसाधन डुब्ने र ठूला सवारीसाधन भाँसिएर यातायात सञ्चालनमा समस्या आउँदासमेत बेवास्ता भएपछि आज स्थानीयले सडक बन्द गरेका छन् ।

सडक बन्द भएपछि आज दिनभरी नै सो क्षेत्रमा यातायातका साधन बन्द भएका महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । मध्यपुरथिमी नगरपालिका–९ निकोसेरा क्षेत्रको उक्त सडकमा आज बिहान परेको पानीले सडकको करीब १०० मिटर क्षेत्र पूरै पोखरीमा परिणत भएर आवातजावतमा समस्या आएपछि स्थानीयले चक्का जाम गर्दै सडक बन्द गराएका हुन् ।

सडक फराकिलो गरि कालोपत्रे गरे पनि यो क्षेत्र भने ढलको निकासले पुरिँदा विगत चार वर्षदेखि यस्तै सास्ती भोग्दै आउनुपरेको छ । सडकमा ठूला पोखरी बनेर हरेक दिन पानीले भरिएकाले स्थानीयले व्यङ्ग गर्दै सडकको नाम नै पाँच पोखरी राखेको स्थानीय रामसुन्दर प्रजापतिले बताउनुभयो । गाडीले सडकमा जमेको हिलो पानी हुत्याउँदा सडक छेउका बासिन्दा हैरान हुनुपरेको उहाँ बताउनुहुन्छ ।

स्थानीय व्यापारी कृष्णशरण श्रेष्ठले सडक बिग्रेर सास्ती खेप्नुपरेको बताउँदै बाटोमा ठूला गाडी आउने बेलामा पसलसम्म पानी आउदा व्यापारमा समेत नोक्सान व्यहोर्नुपरेको जानकारी दिनुभयो । सो सडकमा राजकुलो मासिएको, पानीले निकास नपाएको, ढल फुटेको र खानेपानीको पाइपलाइन फुटेर चुहावट हुँदा हरेक महीना पानी जम्ने गरेको स्थानीयको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अरनिको राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको निकोसेरा सडक अरनिको राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आउजाउ गर्न वैकल्पिक सडक हो । वडा नं ९ का वडाध्यक्ष रामकाजी चक्रधरले सल्लाघारी, निकोसेरा, पुरानो ठिमी, सानो ठिमी, पेप्सीकोला हुँदै जडीबुटी चोक भएर सो वैकल्पिक मार्गमार्फत काठमाडौँ जाने सडकमा पानी व्यवस्थापन र ढल व्यवस्थापन गर्दा भएको गल्तीले समस्या आएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com