श्रीमती घुमाउन प्रचण्ड युएई तिर !


प्रकाशित मिति : श्रावण १४, २०७६ मंगलबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष प्रचण्ड आज बिहान पत्नी सिता, छोरीहरु रेणु र गंगा दाहालसहित युएई प्रस्थान गर्नुभएको हो । लामो समयदेखि बिरामी पत्नी सिताको इच्छामा यो भ्रमण गरिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष प्रचण्डको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको बताइएको छ । अध्यक्ष प्रचण्डले हिजो बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ परीक्षणका लागि आगामी शनिबार सिंगापुर जाने कार्यक्रम तय गरिएको छ । अध्यक्षद्धय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्तापछि सारिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com