मृत्यु भएको भन्दै घाट लगेको महिला बोलेपछि ……..


प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार

मृत्यु भएको भन्दै घाट पुर्याएको व्यक्ति ज्यूदै फर्किए भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नुपर्दैन जिल्लाको रैनादेवी गाउँपालिका १ सिद्देश्वरमा घाटमा लगिएकी एक महिला ज्यूदै फर्किएकी छन् ।

केही समय अघि झाडापखला लागेर युनाइटेड मिसन अस्पताल भर्ना भएकी सिद्देश्वरकी ३६ वर्षकी नर्मता ज्ञवाली ज्युदै भएपछि अहिले उनलाई अस्पताल भर्ना गरिएको छ ।

ज्ञवालीलाई सोमबार दिउसो आफ्न्ताको आग्रहमा अस्पतालले डिस्चार्ज दिएको थियो । डिस्चार्ज पछि आफ्न्ताले एम्वुलेन्समा राखेर रिडी घाटमा लगेको वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए ।

उनका अनुसार आफ्न्ताले आधा घण्टापछि अक्सिजन झिकेपछि विरामीको मृत्यु भएको हल्ला भएको र उनको खुट्टा जलमा डुवाएर राखेपछि आफ्न्ताहरु चिताको तयारीमा लागे, केही समयपछि उनी चल्न, कराउन थालेपछि तत्कालै त्यँहीबाट स्थानीय स्वास्थ्य चौकी पुर्याएको थियो । ज्ञवालीलाई स्थानीय स्वास्थ्य चौकीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लैजान भनेपछि आफ्न्ताले एम्वुलेन्समा राखी लुम्विनी मेडिकल कलेज प्रवास पुर्याएको थिए । उनको अहिले एलएमसीमा उपचार भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तो भन्छन् ‘एम्बुलेन्स चालक’

मोहनीलाल कुँवर एम्बुलेन्स चालक हुँ । पूर्वखोलाको सुत्केरी लैजान लागेको थिए । उहाँहरुले हाम्रो विरामी लगिदिनुस् भन्नुभयो । कहाँ जाने हो भन्दा सिद्देश्वर भन्नुभयो । कुन बाटो भन्दा खानी जाने बाटो भन्नुभयो । खाल्टाखुल्टी छ त्यो बाटो अहिले जान सक्दैन भने । उहाँहरुले मनभागसम्म छोडिदिनुहोस भन्नुभयो ।

घर कहाँ भनेर सोधें, पारिपट्ट घर छ भन्नुभयो । दुईवटा अक्सिजन सिलिन्डर बोकेर गइयो । सिरुखर्क पुगेपछि एक जना बुढो मान्छेले फोन गर्नुभयो । बिरामीले एक डेढ घण्टामा छोड्छ भनेर फोन गर्नुभयो । रिडीको पुल नजिक पुगेपछि मैले सोधे सरासर जाने होला क्यारे । उहाँहरुले हैन अर्ध जलमा लैजाने भने ।

अनि गुल्मी तिरको घाटमा लगे । पानी पर्न खोजेको थियो । आफैले अक्सिजन बन्द गरे । तपाईंहरुले अक्सिजन बन्द गर्नुभयो । अब बिरामी एम्बुलेन्समा मर्छ । यस्तो काम गर्न मिल्दैन भनेर मैले भनें । बिरामीलाई पाल्पा तिरको घाटमा ल्याएर झारे । प्रहरी आयो । बिरामी ल्याएको हो कि लास ल्याएको भनेर प्रहरीले सोध्यो । प्रहरीले उहाँहरुको नाम नम्बर टिप्नुभयो ।

महिलाहरुले मानेका थिएनन् । मान्छे मर्न कहाँ छ कहाँ छ दाउरा र घाट भनेर महिलाहरुले गाली गरेका थिए । मान्छे नमरी गाउँले आ ओ भन्ने, दाउराको जोहो गर्ने भनेर महिलाले गाली गरिरहेका थिए । एक हजार आठ एम्बुलेन्स चार्ज र पाँच सय अक्सिजनको चार्ज काटेर हिंडे । म तानसेन फर्किए ।

झाडापखालाकी बिरामी ज्ञवालीलाई मुटुको समस्या देखिएको थियो । मुटुको बिरामी भएको थाहा भएपछि ‘पैसाको अभाव छ’ भन्दै आफन्तले बिरामीलाई डिस्चार्ज गर्न दबाब दिएको मिशन अस्पताल तानसेनले जनाएको छ ।

अस्पतालकै एम्बुलेन्समा अक्सिजन लगाएर बिरामीलाई घर पठाएको अस्पतालको प्रतिक्रिया छ । मिशन अस्पतालका अनुसार उनका श्रीमान सूर्यचन्द्र कँडेल, छिमेकी भानुभक्त भट्टराई, ओम पौडेल र थानेश्वर कँडेलले अस्पतालबाट बिरामी बुझेका हुन् ।

युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बीमाबाट काटिएको अस्पतालले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com