नम्बर थप काण्ड : आरोपित त्रिवि कर्मचारीले ६ तलामाथिबाट हामफाले गरे आत्महत्या !


प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हामफालेर आत्महत्या गरेका छन्। उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेकाे आयोगका पूर्वकर्मचारीसमेत रहेका ६७ वर्षीय पाण्डे बिहीबार साँझ ६ तलामाथिबाट हाम फाल्दा मृत्यु भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए।

त्रिविका उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरी आफन्तलाई उत्तीर्ण गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगको विज्ञापन नम्बर १८/०७३/०७४ अन्तर्गतको मुख्य कार्यालय सहायक पदको दोस्रो पत्र र कार्यालय सहायकको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षणमा उनी संलग्न थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com