अपडेट :बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता


प्रकाशित मिति : असार २८, २०७६ शनिबार

अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म जनाको मृत्यु ४३ भएको छ । बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् भने २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति 

मृतकहरुको संख्या ४३ जना
अविरल वर्षाको कारण सिर्जित बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ ,ओखलढुंगा र काभ्रेमा ३/३ जना, धादिङ , झापा, सिन्धुलीमा २र२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा १/१ जना गरी ४३ जनाको मृत्यु भएको छ । मृतकहरु मध्ये १८ जना महिला र २५ जना पुरुष रहेका छन् ।

उद्धार गरिएको संख्या (११०४ जना ) 
बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा ११ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाईते हरुको संख्या ( २० जना )
बाढी पहिरोमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १/१ जना गरि २० जना घाईते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बेपत्ताहरुको संख्या (२४ जना)
सिन्धुली ६ जना, ईलाम र मोरंगमा ३/३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १/१ जना गरि २४ जना बेपत्ता भएका छन् ।

सडक सम्बन्धि जानकारी
पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । धादिङ बेनिघाटरोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्वी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पुर्ण बाटो, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका-२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड, ईलाम सूर्योदय नगरपलिका-९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका-२ स्थित तल्लो डुङ्गेश्वर, सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध हटाई बाटो खुलाईएको छ ।

एकतर्फी संचालनमा ल्याईएको सडक सम्बन्धमा
यसैगरी रौतहट चन्द्रनिगाहापुर-२ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु, पाँचथर मेची राजमार्ग, ईलाम रोङ गाउँपालिका-४ स्थित मेची राजमार्ग, तेह्रथुम लालिगुँरास नगरपालिका-९ काडेस्थित म्याङलुङ बसन्तपुर सडकखण्ड लगायतका ठाउँमा अवरोध भएकोमा एकतर्फी बाटो खुलाईएको छ ।

सडक संचालनमा ल्याउन प्रयास भईरहेको सम्बन्धमा
कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, ईलाम, कपिलबस्तु, सल्यान, धनकुटा लगायत जिल्लाका विभिन्न स्थानको सडक अवरोध खुलाउने कार्य जारी छ ।

परिचालित प्रहरी संख्या
काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश नम्बर १ मा ६ हजार ३ सय ५ जना, प्रदेश नम्बर २ मा ५ हजार ७ सय २ जना, प्रदेश नम्बर ३ मा ३ हजार ४ सय ५ जना, प्रदेश नम्बर ६ मा ३ हजार १ सय १२ जना गरी प्रभावित स्थानहरुमा कूल २७ हजार ३ सय ८० जना प्रहरी कर्मचारीहरू उद्धारमा खटिएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com