लिङ्ग काटिदिएपछि सुरेन्द्रसिंहको जीवन सङ्कटमा, न्याय माग्दै काठमाडौं


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

जीविकोपार्जनका लागि भारत गएका बेला मेरठ घर भएका इलियासले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्रसिंह मालको जबर्जस्ती लिङ्ग काटिदिएपछि उनको जीवन सङ्कटमा परेको छ ।

इलियासलाई कारवाहीको माग गर्दै आफ्ना बुबासँगै काठमाडौँ आएका पीडित सुरेन्द्रले आज पत्रकार सम्मेलन गरेर आफूलाई न्याय र बाँच्न पाउने आधारको खोजीका लागि आग्रह गरेका छन् । करीब चार वर्षसम्म आफूले भारतमा कठिन जीवन बिताएको भन्दै उनले आफूलाई यो हालतमा पु¥याउने आरोपीलाई जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरमा ल्याउन सरकारसँग अपिल गरे ।


नेपालमा कक्षा १२ को पढाइ सकेर काम र पढाइको सिलसिलामा भारतको जम्बु गएका बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ती व्यक्तिले आफूलाई अहिलेको हालतमा पु¥याएको उनले बताए ।

उनले भने, “मलाई इलियासले अपहरण गरेर लामो समय थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ।” सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफूलाई बेहोस बनाएर जबर्जस्ती आफ्नो लिङ्ग काटेर दुई वर्षसम्म समलिङ्गीको समूहमा राखेर पैसा माग्न लगाएको उनको आरोप छ ।

उनीहरुका काम गर्न लगाउने र कमाएको पैसा उनीहरुले लुटेर लैजाने गरेको पनि उनले बताए । अहिले आफ्नो लिङ्ग काटेर फालेको र सिलाएर पिसाब गर्ने ठाँउ मात्र राखेको भन्दै आफ्नो शरीरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com