कमल थापा माथी धर्म वेचेर डलर कमाएकाे आराेप लगाए: देउजाले


प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार

२०७६जेठ ५, राजतन्त्र सहित हिन्दुराज्य पुनःस्थापना गर्नु पर्ने माग गर्दै युवा तथा समाजसेवी व्यवसायी एवंम राजाका पक्षधर तथा वीर गाेर्खालिका अभियान्ता नरेन्द्र देउजा साथै राजावादी सन्तोष एवम साैरव भण्डारी काठमाडौ शान्ति वाटिका मा भएकाे कार्यक्रमकाे क्रममा सहभागी हुँदै राजतन्त्र सहितकाे हिन्दुराज्य का निम्ति माग गरेका छन् । देउजाले कार्यक्रममा

राजतन्त्रलाई सुरुमा जाेड दिनु पर्ने बताए राजतन्त्र स्थापना भएमा हिन्दु राज्य आफै पुनःस्थापना हुने कुरा पनि देउजाले कार्यक्रममा बताए।

कार्यक्रममा देउजाले रा. प्र .पा नेपालका अध्यक्ष कमल थापालाई पनि धर्म वेचेर डलर कमाएकाे भन्ने आराेप गम्भीर आराेप लगाए । देउजाले आफुले हिन्दुराज्य का निम्ति धेरै लगाव र ध्यान र त्याग गरेकाे पनि स्पष्ट पारे। राजतन्त्र र हिन्दुराज्य का निम्ति आफुले आफ्नो ज्यान पनि दिन तयार भएकाे प्रष्ट पारे । हिन्दुराज्य पुनःस्थापना गर्नु आफुले हतियार उठाउनु परे पनि तयार भएकाे बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com