अमेरिकामा प्रचण्डका ९ दिन


प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

मार्च १८ तारिख सोमबार अमेरिकाको वासिंटन डिसीमा आइपुगेका थिए नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका आएका प्रचण्डका साथमा छोरी गंगा दाहाल र सीता दाहालको हेरविचार गर्ने नर्स अम्बिका पुडासैनी समेत थिइन् ।

पहिलो दिन सोमबार वासिंटन डिसीमा रहेको राजदूत निवासमा आराम गरेका प्रचण्डले अमेरिकामा आफू आउँदाको प्रतिकृयाबारे राजदूत अर्जुन कार्कीसँग सोधपुछ गरेका थिए । एफबीआईएको प्रिक्लीयरेन्सबाटै अमेरिका आएका प्रचण्डको बारेमा राजदूतसमेत अन्यौलमा पर्दा केहीसमय त्रासको वातावरण समेत बनेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोश्रो दिन मंगलबार विहान मेरिल्याण्डको बाल्टिमोरमा रहेको जोन हप्किन्स मेडिसिनमा सिता दाहाललाई लगिएको थियो । त्यहाँ प्रचण्ड, छोरी गंगा दाहाल, नर्स र राजदूत अजुर्न कार्की समेत साथमा थिए ।

मंगलबार नै प्रचण्डलाई वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा स्वागत गरिएको थियो । नेपाली दूतावासमा राजदूत अर्जुन कार्की सहित दूतावासका कर्मचारीहरुले प्रचण्डलाई स्वागत गरेका थिए ।

यसैबीचमा प्रचण्ड र नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीबीच भेटवार्ता समेत भयो । प्रचण्डले वासिंटन डिसीमा रहेको राजदूत निवासमै नेकपा समर्थक केही कार्यकर्ता र नेपाली समुदायका व्यक्तिसँग पनि भेटघाट गरे । सिता दाहाललाई पनि वासिंटन डिसीमा नै रहेको जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा चेकजाँच गराइयो ।

शुक्रबार सिता दाहाललाई थप चेकजाँचका लागि अलाबामामा रहेको युनिभर्सिटी अफ अलाबामा एट बरमिन्गम अर्थात् युएबी अस्पतालमा लगियो । पूरै सप्ताहन्त सिता दाहालको उपचारमा नै बित्यो ।

आइतबार वासिंटन डिसीमा नै प्रचण्डले नेपाली समुदायका विभिन्न व्यक्तिसँग समुहगत भेटघाटहरु गरे । आइतबार बेलुका झण्डै ५० जना नेपाली समुदायका विभिन्न व्यक्तिलाई बोलाएर छलफल समेत आयोजना गरिएको थियो, जसको संचालन राजदूत अर्जुन कार्कीले गरेका थिए ।

सोमबार प्रचण्ड र अमेरिकी विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया प्रमुख एलिस बेल्सबीच विदेशमन्त्रालयमा नै भेटघाट भयो । यो भेटघाटमा दुइदेशबीचको सम्बन्धबारे छलफल भयो ।

सोमबार नै मेरिल्याण्ड राज्यको संसदको प्रचण्डले अबलोकन गरे । सांसद ह्यारी भण्डारीले त्यहाँ प्रचण्डलाई स्वागत गरेका थिए । सोमबार नै बाल्टिमोरमा रहेको महावाणिज्यदूत प्रेमराजा महतको रेष्टुरेण्टमा प्रचण्डलाई स्वागत गरियो । त्यहाँ केही नेपाली समुदायका व्यक्तिको पनि उपस्थीति रहेको थियो ।

त्यसपछि प्रचण्डसहित सबैजना न्युयोर्क आए । न्युयोर्कमा मंगलबार राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालयमा प्रचण्डको स्वागत गरियो । राजदूत अमृत राई, महावाणिज्यदूत पुष्प भट्टराई लगायत कन्सुलेट र मिसनका कर्मचारीहरुले प्रचण्डको स्वागत गरेका थिए ।

पत्नी सिता दाहालको उपचार र औषधीमा बदलावपछि मंगलबार बेलुका नै न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट सबैजना नेपाल फर्के । विमानस्थलमा विदाई गर्न राजदूतहरु, मिसन र कन्सुलेटका कर्मचारीहरु लगायत केही नेकपा समर्थकहरु पुगेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com