अमेरिकामा प्रचण्डको अन्तरकृया, जीवनको अवको दशक विकाशमा लगाउने प्रतिबद्धता
प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवनको अवको दशक नेपालको विकाशमा लगाउने बताउनुभएको छ । वासिंटन डिसीमा नेपाली समुदायसँगको भेटघाटकका क्रममा उहाँले अब आफ्नो जीवनको बाँकी कालखण्ड मुलुकको विकाशमा लगाउने बताउनुभएको हो ।
६४ बर्षीय दाहालले आफ्नो जीवनको चालिस अगाडिको समय अध्यययनमा, त्यसपछिको दशक जनयुद्धमा र पचासको दशक शान्ति प्रकृयामा खर्चेको स्मरण गर्दै अब आफ्नो ध्यान मुलुकको विकाश र समृद्धितिरमात्र रहेको बताउनुभयो । पत्नी सिता दाहालको उपचारका लागि अमेरिका आउनुभएका दाहालले आइतबार झण्डै साढे घण्टा झण्डै ५० जनाको समुहमा रहेका नेपाली समुदायका विभिन्न व्यक्तित्वसँग भेटघाट र अन्तरकृया गर्नुभएको थियो ।
भेटघाटको सुरुवातमा अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले उपस्थीत सबैको परिचय गराउनुभएको थियो । त्यसपछि उपस्थीतहरुले आआफ्नो भनाई समेत राखेका थिए । छलफलका क्रममा पूर्व प्रधानमन्त्री दाहालले अमेरिकामा रहेका नेपालीहरुको सिप दक्षता पनि नेपालकोे विकाशमा लगाउनुपर्ने बताउनुभयो ।