दुई अस्पतालमा जँचाएपछि सिता दाहालको उपचार सकियो, बिहिबार सबै स्वदेश फर्कने
प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

स्वास्थ्य उपचारका लागि सोमबार अमेरिका आउनुभएकी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सिता दाहालको उपचार सकिएको छ । दाहालको जोन हप्किन्स मेडिसिन र जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरमा उपचार गरिएको दूतावास श्रोतले जानकारी दिएको छ ।
मंगलबार बाल्टिमोरमा रहेको जोन हप्किन्स मेडिसिनमा पुष्पकमल दाहाल प्रचण्ड र छोरी गंगा दाहालका साथमा सिता दाहाललाई उपचारका लागि लगिएको थियो । त्यसपछि वासिंटन डिसीमा रहेको जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरमा पनि चेकजाँच गरिएको थियो ।
सोमबार मेडिकल रिपोर्ट र औषधीहरु लिएपछि अमेरिकामा उपचारको क्रम सकिएको जनाइएको छ । झण्डै एकसाताको अमेरिका बसाई बिहिबार नेपाल पुग्नेगरी फर्कने कार्यक्रम रहेको छ ।
थप उपचार आवश्यक परेमा सिता दाहाललाई छोरीका साथमा साथमा प्रचण्ड नेपाल फर्कने कार्यक्रम रहेको थियो । तर अस्पतालमा नै राखेर उपचार गर्न तथा तत्कालका लागि थप फ्लोअप आवश्यक नभएपछि सबैजना एकसाथ फर्कने कार्यक्रम तय भएको छ ।