प्रचण्डसँगको भेटबारे अमेरिकी विदेश मन्त्रालयले यसो भन्यो (एक्सक्लुसिभ )


प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया प्रमुख एलिस वेल्सबीचको भेटघाटमा दुईदेशबीचको सम्बन्धका बारेमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले पुष्टी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता स्टेफानाइ न्युम्यानले खसोखासका प्रधानसम्पादक तथा एबीसी टेलिभिजनका अमेरिका ब्यूरो प्रमुख किशोर पन्थीलाई दिएको जानकारी अनुशार भेटघाटमा अमेरिकाको नेपाली जनता र नेपाल सरकारसँगको लामो समयदेखिको साझेदारीका विषयमा विशेष छलफल भएको थियो ।

नेपालको पूर्ण सम्भाब्यताको महसुस गर्दै अमेरिकाले नेपाललाई गर्ने सहयोगको प्रयासबारे पनि घेटघाटमा छलफल भएको प्रवक्ताले जानकारी दिएका छन् । भेटमा अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीको पनि सहभागिता रहेको प्रवक्ताको भनाई छ । अमेरिकी विदेशमन्त्रालयकी मध्य तथा दक्षिण एसिया प्रमुख एवं प्रिन्सिपल डेपुटी एसिस्टेन्ट सेक्रेटरी एलिस वेल्सले प्रचण्डलाई नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीको हैसियतमा भेटेकी थिइन् ।

पूर्व प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको उपचारका क्रममा एकसाता अगाडि अमेरिका आएका हुन् । सिता दाहालको अमेरिकाका मेरिल्याण्ड र वासिंटन डिसीमा विभिन्न अस्पतालमा चेकजाँच भइसकेको छ । अस्पतालमा भर्ना गर्नु नपर्ने भएकाले अब सबैजना स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com