सिता दाहालको अमेरिकामा उपचार सुरु
प्रकाशित मिति : चैत्र ५, २०७५ मंगलबार
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको अमेरिकामा उपचार सुरु गरिएको छ । बाल्टिमोरमा रहेको जोन हप्किन्स अस्पतालमा सिता दाहालको उपचार सुरु गरिएको हो । प्रचण्ड पत्नीलाई लिएर छोरीका साथमा मंगलबार अस्पताल पुगेका थिए ।
सिता दाहाललाई अस्पतालमा भर्ना भने गरिएको छैन । प्रारम्भिक स्वास्थ्य परिक्षणपछि केहीदिनमा पुन अस्पतालमा बोलाइएको छ । त्यतीन्जेलसम्म डाक्टरले आराम गर्न सल्लाह दिएको जनाइएको छ । केहीदिन उपचार जारी रहने र त्यसपछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

फोटो : गंगा दाहाल
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






