अष्ट्रेलियाको सिड्नीमा वर्षा र आँधीले न्यू एयर इभ प्रभावित


प्रकाशित मिति : पुस १६, २०७५ सोमबार

अष्ट्रेलियाको सिड्नीमा वर्षा र आंधीका कारणले न्यु इयर इभ प्रभावित भएको छ । वर्षा र आंधीका कारण नयाँ वर्ष मनाउन विभिन्न देशबाट आएका पर्यटकहरु निराश भएका छन् ।

न्यु इयर इभमा विशेषगरि सिड्नीको ओपेरा हाउसमा हुने आतिशबाजी ( fireworks ) हेर्नको लागि पर्यटकहरु आउने गर्छन् । टेलिभिजनमा हेर्दा समेत लोभ लाग्दो देखिने उक्त आतिशबाजी प्रत्यक्ष हेर्नको लागि भनेर अन्य देशबाट आएका पर्यटकहरुलाई वर्षा र आँधीले अन्योलमा पारिदिएको छ ।

बिहानमा गरिएको मौसम पूर्वानुमानमा छिटफुट वर्षा हुन सक्ने, बादल लाग्ने भएतापनि मौसम सामान्य हुने बताइएको थियो । त्यसैले स्थानिय लगायत पर्यटकहरु समेत पिकनिकको लागि र घुम्न निस्किए । तर मध्यान्हमा मौसम परिवर्तनको संकेत देखिएको बताइएको थियो ।

बेलुका सात बजे देखि मेघ गर्जन सहित पानी परेको छ । वर्षा र आँधीले गर्दा धेरैजसो स्थानको आतिशबाजी रोकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com