पढ्न गएका स्मृति र निश्चल अस्ट्रेलियाको सिड्निमा मृत फेला , नेपाली विद्यार्थीको शब नेपाल ल्याउने तयारी


प्रकाशित मिति : पुस १६, २०७५ सोमबार

अष्ट्रेलियामा दुई नेपाली विद्यार्थी मृत फेला परेका छन् ।मृत्यु भएका दुई नेपाली विद्यार्थीको शव नेपाल ल्याउने तयारी गरिएको सिड्नीमा मृत अवस्था फेला परेकी स्मृति आले मगर र एडिलेडस्थित बेस्ट बिचमा मृत अवस्थामा भेटि एका नेपाली विद्यार्थी निश्चल घिमिरेको शव नेपाल ल्याउन पहल गरिएको बताइएको छ ।सिड्नी नजिकै ब्याड्क्सटाउन क्षेत्रमा अचेत अवस्थामा भेटिएकी मगरलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।दुवैको मृत्यु के कारण भयो भन्नेबारे अनुसन्धान भईरहेको बताइएको छ ।

बिहिबार राती बाट हराई रहेका नेपाली युवा निश्चल घिमिरेको मृत शरीर फेला परेको छ। १७ घण्टाको निरन्तर खोजि पछि वेस्ट विच बोट र्याम्प समुन्द्री तटमा उनको शरीर समुन्द्रमा रेस्क्यु अप्रेसनमा लागी रहेका पुलिसले बेलुका स्थानिय समय अनुसार ७:३० बजे तैरिरहेको अवस्थामा देखेका थिए। एडीलेडको केलेरेन्स पार्कमा बस्दै आएका २२ बर्षिय घिमिरे करिब २ वर्ष अगाडी नर्सिङ्ग पढ्नको लागि एडीलेड आएका थिए। येसुवर्ड होम केयरमा डिसेबिलिटि चाईलड केयरमा रुपमा काम गर्ने उनी बिहिबार साँझ – बच्चालाई (कलाईनट) लिएर करिब ४ बजे पछि समुन्द्रमा गएको अनुमान गरिएको छ।

बच्चा नफर्किएको हुदा बच्चाको अभिभावकले पुलिसमा रिपोर्ट गरे त्यसपछि राती करिब १२:३० मा घटना बाहिर आएको थियो। करिब त्यहि समयमा बोल्न नसक्ने ती बच्चाले ,गेलेनेल्ग नर्थ नजिकैको घरमा गएर ढोका ढकढकाए पछि -त्यहाँ बाट समेत पुलिसलाई जानकारी गराईको थियो। बच्चा सकुशल पानीले भिजेको अवस्थामा भेटिए पछि , निश्चल घिमिरे पनि समुन्द्रमा कतै फसेको हुनसक्ने अनुमान गरि राति बाटै उद्दार कार्य सुरु भएको थियो। रेस्कु टोली हेलिकप्टर , पैदल , जलमार्ग बाट खोजि कार्य गरेको थियो ।ध टना भएको नजिकै उनको सेतो मिसुभिसी कार समेत फेला परेको थियो ।

उनको कपडाहरु र मोबाइल समेत गाडी मै रहेको अवस्थामा थियो । निश्चलको यस घटनाको बारेमा परिवारले सूचना पाइसकेको अवस्था छ भने उनको दाई यहि आईतबार सम्म एडीलेड आईपुग्ने बताईएको छ।उनको आफन्तले शरीर निश्चलको नै भएको पहिचान गरि सके पछि पोष्टमार्टमका लागि लगिएको छ।प्रहरीले अन्य संकास्पद अवस्था नदेखिएको समेत बताएको छ। यस घटनाले साउथ अस्ट्रेलियाको नेपाली समुदाय स्तब्ध भएको छ। गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलियाले असामयिक निधन प्रति गहिरो समवेदना प्रकट गर्दै परिवारलाई कुनै पनि आवश्यकता परे आफुहरुले सहयोग गर्ने संयोजक अशोक केसीले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com