अष्ट्रेलियाको समुद्री तटमा भाग्यवस बाँचे यी व्यक्ति: उनी डुब्दै थिए, श्रीमती किनारबाट रुँदै गुहार माग्दै थिइन्


प्रकाशित मिति : पुस १६, २०७५ सोमबार

अष्ट्रेलियामा गर्मी मौसम सुरु भएसंगै समुद्रमा डुबेर जीवन गुमाएको बारेमा समाचारहरु आउन थाल्छन् । नेपाली विद्यार्थीका समेत यस्तै दुखद खबरहरु सुन्नुपर्छ ।

एक भारतीय भने समुद्रमा डुब्दा डुब्दै भाग्यवस बाँचेका छन् । प्रितेश पटेल नाम गरेका ती व्यक्ति श्रीमती र छोरा संगै सन्साइन कोस्ट समुद्री किनारमा गएका थिए । परिवारसंग छुट्टी मनाउन गएका उनी पानीसंग खेल्दा खेल्दै पर पुगे । त्यसपछि समुद्रको छालले उनलाई लडायो । उनी डुब्दै थिए, मृत्यु संग लड्दै थिए । यता समुद्र किनारबाट उनकी श्रीमती रुँदै, चिच्याउदै गुहार माग्दै थिइन् । छोरा अत्तालिएर रोइरहेका थिए ।

गुहार मागेको सुनेपछि समुद्री किनारमा जाने व्यक्तिहरु उनीहरु नजिक आए । चार जना मिलेर पटेललाई बचाउन सफल भए । बचाउनको लागि उनीहरुले विभिन्न जुक्ति तथा समुद्री यान प्रयोग गरेका थिए ।

३० वर्षीय पटेल समुद्रमा जाँदा त्यहाँ संकेतको लागि राखिएका झण्डाबाट बाहिर गएका थिए । आफूले त्यो संकेतलाई नमान्दा मृत्युको मुखसम्म पुगेको स्वीकार्दै उनले नियमको पालना गर्न, संकेतको ख्याल गर्न र सतर्क रहन सबैलाई आग्रह गरेका छन् । उनले आफूहरुलाई बचाउने ती व्यक्तिहरुप्रति कृतज्ञ रहेको समेत बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Himalayan Kangaroo

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com