बंगलादेशको प्रधानमन्त्री शेख हसिना चौथो पटक निर्वाचित


प्रकाशित मिति : पुस १६, २०७५ सोमबार

बंगलादेशको प्रधानमन्त्री शेख हसिना वाजिद चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

उहाँ नेतृत्वको सत्तँरुढ अवामी लिगले संसदको हिजो भएको निर्वाचनमा ३ सय मध्ये २ सय ८१ सिटमा जित हात पारेपछि हसिना चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । संसदको ३ सय ५० सिटमध्ये ५० सिटमा भने महिला प्रतिनिधि मनोनित हुने व्यवस्था छ ।

निर्वाचनमा सत्तारुढ अवामी लिगका तर्फबाट हसिना र प्रतिपक्षी बंगलादेश नेश्नलिष्ट पार्टीबाट पूर्व प्रधानमन्त्री खालिदा जियाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिनुभएको थियो ।

मुस्लिम धर्मावलम्बी बाहूल्य बंगलादेशमा मुलुकभरका ४० हजार १ सय ९९ मतदान केन्द्रमा १० करोड जना मतदानमा सहभागि भएको बीबीसीले जनाएको छ ।

यसअघि निर्वाचनका क्रममा विभिन्न स्थानमा भएको हिंसाका क्रममा १७ जनाको मृत्यु भएको छ । बिभिन्न स्थानमा आगजनी तथा तोडफोड भएको छ । बंगलादेश सरकारले करिब ६ लाख सुरक्षाकर्मी खटाए पनि हिंसा नियन्त्रणमा असफल भएको पर्यवेक्षकहरुले दावी गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com