दीपिका कक्कड बनिन् बिग बोस १२


प्रकाशित मिति : पुस १६, २०७५ सोमबार

आइतबार राती बिग बोस १२ की बिजेताको नाम घोषणा गरियो । टेलिभिजन अभिनेत्री दीपिका कक्कड रियालिटी शो बिग बोस १२ की बिजेता बनिन् ।

उनले फिनालेमा भारतीय क्रिकेट टीमका पूर्व सदस्य श्रीसन्तलाई हराएकी हुन् । पुरस्कारको रुपमा उनलाई ३० लाख भारु र ट्रफी दिइयो ।

तेस्रो नम्बरमा रहेका दीपक ठाकुरले २० लाख भारु लिएर कार्यक्रमबाट बाहिरिए ।

कलर्स टेलिभिजनबाट प्रसारण हुने सिरियल ‘ससुराल सिमरका’ बाट लोकप्रिय भएकी दीपिका कक्कडको जीतले एक पटक पुनः प्रमाणित गरेको छ कि बिग बोसको हट सिटमा ‘टेलिभिजनका बुहारी’ को दाबेदारी भारी पर्छ ।

दीपिका अघि शिल्पा सिन्दे, उर्वशी ढोलकिया, जुही परमार र श्वेता तिवारीले बिग बोसको ट्रफी जित्न सफल भए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com