समाजसेवीले कसैलाई थाहा नदिई मृत्युअघि गरिब बच्चालाई दान दिए १ अर्ब २३ करोड, सबै चकित


प्रकाशित मिति : पुस १५, २०७५ आईतबार

अमेरिकाको सिएटलमा बस्ने एक समाजसेवी एलन नाइमेन (६३) ले मृत्युअघि गरिब बच्चाका लागि ११ मिलियन डलर ( १ अर्ब २३ करोड रुपैयाँ) दान दिएका छन् । अचम्मको कुरा त के छ भने यसबारे एलनका निकै नजिकका साथीलाई समेत थाहा थिएन । यसै वर्ष जनवरीमा क्यान्सरका कारण एलनको मृत्यु भएको थियो । उनको वसियत नामाबाट उनले गरेको दानबारे थाहा भएको हो ।

सबैजना अचम्मितः

वासिङ्टनमा चिल्ड्रन सर्भिसमा एलनसँग काम गरिसकेकी मेरी मोनाहन भन्छिन्, ‘यसबारे थाहा पाउँदा सबैजना चकित भए । यति धेरै पैसा उनले कसरी दान गरे भन्ने बारे हरकोही जान्न खोजिरहेका छन् । क्यान्सरबारे थाहा भएपछि उनले मृत्युअघि आफ्नो सबै सम्पत्ति च्यारिटीलाई दान दिने बताएका थिए ।’

मोनाहन भन्छिन्, ‘उनले सोसल सर्भिसमा थुप्रै यस्ता बच्चाका लागि काम गरेका छन् जो आर्थिक रुपमा लाचर र शारिरिक रुपमा कमजोर थिए । उनलाई लाग्थ्यो कि यस्ता थुप्रै मानिसहरु छन् जसलाई केही दिन अत्यावश्यक छ । एलनले बच्चाक लागि काम गर्नका लागि ३० वर्षअघि बैंकिङ करियर छाडेका थिए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एलनको सम्पत्ति स्थानीय च्यारिटी संगठनमा बाँडिनेछ । बच्चाको एक च्यारिटी संगठन ट्रिहाउसकी चिफ डिभलेपमेन्ट अफिसर जेसिका रोसका अनुसार मृत्यु हुनु करिब पाँच महिनअघि एलनले पाच हजार डलर दान गरेका थिए । ’उनको वसियत नामामा हामीलाई ९ लाख डलर दिइएको भन्ने थाहा भएपछि हामी चकित भयौं,’ उनले भनिन् ।

कम खर्चालु थिए एलन, विवाह गरेनन्ः

एलनका बैंङ्कि दिनका साथी शशी करन भन्छन्, ‘उनी निकै कम खर्च गर्दथे । उनलाई कारको शौख थियो तर उनी सस्तो कपडा लगाउँथे । उनले जीवनभर थोत्रा गाडी चलाए । जब उनले यति ठूलो राशी दान दिएको भन्ने थाहा पाएँ तब मलाई लाग्यो कि मैले उनलाई राम्रोसँग चिनेको छैन रहेछु ।’

उनका साथीहरुका अनुसार एलनले विवाह गरेनन् तर उनी बच्चाहरुलाई निकै प्रेम गर्दथे । उनले तीन–चार ठाउँमा काम गर्थे ताकि बच्चामाथि खर्च गर्नका लागि धेरै कमाउन सकून् ।

एलनका दाइ डेभलपमेन्ट डिसएबिलिटीबाट पीडित थिए, जो निकै मुश्किलले बोल्न सक्थे । सन् २०१३ मा उनको मृत्यु भएको थियो । एलनका निकै नजिकका साथी सुसन मेडसन भन्छन्, ‘उनी जुन वातावरणमा हुर्किए, त्यसले उनको जीवनमा निकै प्रभाव पार्यो । उनको एउटै उद्देश्य थियो, कष्टमा भएका मानिसहरुका लागि केही गर्नु ।’

Ratopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com