राष्ट्रपति ट्रम्पले मेक्सिकोसंगको सीमा नाका बन्द गर्ने दिए चेतावनी


प्रकाशित मिति : पुस १४, २०७५ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसंगको सीमा नाका पूर्ण रुपले बन्द गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले अमेरिकी कांग्रेसले रकम उपलब्ध गराउनुपर्ने भन्दै रकम नदिए मेम्सिकोस“गको सीमा नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै की सीमामा पर्खा लगाउनुपर्छ होइन भने सीमा नै बन्द गर्नुपर्ने बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि सीमा बन्द गर्ने चेतावनी औपचारिक रुपमा पुष्टि गरेको छ । अमेरिकी संघीय बजेटका बारेमा एक हप्तादेखि जारी अवरोधका कारण अमेरिकी संघीय सरकारी निकाय आंशिक रुपमा ठप्प भएका छन् । ट्रम्पले प्रस्तावित सीमा पर्खालका लागि संघीय बजेटमा रकम व्यवस्था गर्नुपर्ने अडान लिएपछि बजेटमा अवरोध सिर्जना भएको हो ।
संघीय बजेटमा सीमा पर्खालका लागि रकम व्यवस्था गर्नेबारे कंग्रेसस“गको छलफल अवरुद्ध भएको छ । बजेटमा रहेको विवादका कारण सरकारी कार्यालयहरु बन्द भएका छन् । विभिन्न संघीय कार्यालयमा कार्यरत हजारौं कर्मचारी अहिले बेतलबी बिदा वा तलब कहिले पाउने भन्ने अनिश्चितताको अवस्थामा काम गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com