कडा सुरक्षाबीच इराक जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पको विमानको फोटो कसले खिच्यो ?


प्रकाशित मिति : पुस १४, २०७५ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको मौका पारेर इराक पुगेर त्यहाँ रहेका अमेरिकी सैनिकसँग भेटघाट गरे । राष्ट्रपति ट्रम्प पूर्व निर्धारित कार्यक्रमबिना नै अचानक इराक पुगेका थिए ।

ट्रम्पलाई लिएर इराक जाँदै गरेको अमेरिकी एयर फोर्सको विमानको तस्बिर कसले कैद गर्यो भन्ने कुरा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । ट्रम्पको एयरफोर्स वन विमान बुधबार शेफिल्डको आकाशमा उडिरहेका बेला कसैले आफ्नो क्यामेरामा तस्बिर कैद गर्न भ्याए ।

त्यसो त अमेरिकी राष्ट्रपतिको यात्राका बारेमा निकै नै गोपनीयता अपनाइन्छ । राष्ट्रपतिको सुरक्षालाई ध्यान दिँदै उनको भ्रमण तालिका नै अत्यन्त गोप्य राख्ने गरिन्छ । अझ इराकजस्तो युद्धग्रस्त क्षेत्रको भ्रमण त गोप्य नै हुनेभयो ।

इराक जाँदै गर्दा ट्रम्पको विमानको बत्तीसमेत निभाइएको बताइएको छ । आतंकवादी संगठनको निशानामा विमाना पर्न सक्छ भनेर नै कडा सुरक्षा अपनाइएको थियो । तर त्यति हुँदाहुँदै पनि शेफिल्डको आकाशमा उनको विमान उड्दै गर्दा कसैले तस्बिर खिच्न भ्याए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एलन मेलोय नामक व्यक्तिले यसको जानकारी सामाजिक सञ्जालमा राख्नेबित्तिकै मानिसहरु विमानलाई ट्रयाक गर्न सुरु गरे । धेरैले अनुमान लगाए, ट्रम्पको विमान युरोपको आकाश हुँदै कहाँ गैरहेको छ । आफैलाई एभियसन फोटोग्राफर बताउने मेलोय ट्रम्पको विमानको तस्बिर खिचेपछि यतिबेला निकै चर्चामा छन् ।

एयर फोर्स वन विमानलाई राष्ट्रपति ट्रम्पको सुरक्षालाई मध्यनजर गर्दै जहाजको कल साइन नै परिवर्तन गरिएको थियो ।

युद्धग्रस्त क्षेत्रको भ्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प मात्रै होइनन्, यसअघि पनि थुप्रै अमेरिकी राष्ट्रपति द्वन्द्वग्रस्त क्षेत्रको भ्रमणमा गएका छन् ।

तस्बिर सामाजिक सञ्जालमा राख्नेबित्तिकै मानिसहरु किन यति धेरै उत्सुक छन् भन्ने कुराले आफूलाई पनि घचघचाएको मेलोय बताउँछन् । मेलोय भन्छन्, ‘एकदमै सुन्दर थियो, सूर्यको प्रकाश भरपूर थियो, जब मैले आकाशतर्फ हेरेँ, आकाशमा उडिरहेको विमान सूर्यको प्रकाशले चम्किरहेको थियो ।’ मेलोयले आफूले संयोगवश त्यस विमानको तस्बिर खिच्न पुगेको बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com