सोनम कपुर समलिंगी भएको थाहा पाएपछि अनिल कपुरलाई टेन्सन


प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार

अनिल कपुर, सोनम कपुर, राजकुमार राव, जुही चावला स्टारर फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’को ट्रेलर रिलिज भएको छ । यो फिल्ममा अनिल कपुर र सोनम कपुर पहिलोपटक एउटै फिल्ममा देखिँदेछन् । फिल्ममा पनि यी दुईको भूमिका बाबुछोरीकै छ । शैलु चोपडाको निर्देशनमा बन्ने फिल्मको निर्माण विधु विनोद चोपडा र राजकुमार हिरानीले गर्दैछन् ।

फिल्म आगामी फेब्रुअरी १ मा रिलिज हुने बताइएको छ । २ मिनेट ३४ सेकेण्डको ट्रेलरमा फिल्मको कहानीलाई निकै रोचक तरिकाले बताइएको छ । यद्यपि फिल्मको सबैभन्दा ठूलो ट्वीस्ट फिल्म रिलिज भएपछि नै खुल्नेछ । पंजाबी परिवारका अनिल कपुर छोरी सोनम कपुरको विवाह छिटोभन्दा छिटो गरिदिन चाहन्छन् तर खास कारण उनको विवाह हुन सकिरहेको छेन । यही कारणको वरिपरि फिल्मको कहानी घुम्नेछ । ट्रेलरमा देखाइएअनुसार फिल्ममा सोनम कपुर लेस्बियन (महिला समलिंगी)को भूमिकामा छिन् ।

हेर्नुहोस् ट्रेलर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com