८१ वर्षका कादर खान भेन्टिलेटरमा, दिमागले काम गर्न बन्द गर्यो


प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार

बलिउडका अभिनेता एवं हास्यकलाकार अस्पतालमा भर्ना छन् । उनको अवस्था नाजुक छ । उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको छ । इन्टरटेनमेन्ट वेबसाइट स्पटब्वईको खबर अनुसार यो जानकारी कादर खानका छोरा सरफराज खानले दिएका हुन् ।

लामो समयदेखि क्यानडामा छन् कादरः

कादर खान पछिल्लो थुप्रै वर्षदेखि क्यानडामा आफ्ना छोरा–बुहारी सरफराज र शाइस्तासँग बसिरहेका छन् । सरफराजका अनुसार डाक्टरको एक समूहले कादर खानको स्वास्थ्यमा लगातार हेरबिचार गरिरहेका थिए तर उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको छ ।

के हो पिएसपीः

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी (पिएसपी) एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।

यस्तो छ कादर खानको स्थितीः

खबरका अनुसार कादर खान कहिले होसमा आउँछन्, कहिले यताउती हेर्छन् । उनले कुराकानी गर्न बन्द गरेका छन् । उनमा निमोनियाको लक्षण पनि देखिएको छ । उनको स्थिती नाजुक छ ।

कादरका छोराले उनको सन् २०१७ मा घुँडाको शल्यक्रिया गराएको पनि जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com