चीनको बेइजिङ विश्वविद्यालयको प्रयोगशालामा विस्फोट हुँदा तीन छात्राको ज्यान गएको छ । प्रयोगशालामा काम गरिरहेको बेलामा बुधबार बिहान विस्फोट भएको थियो । बेइजिङको दमकल विभागले घटनाको बारेमा जानकारी दिएको छ ।
विभागका अनुसार पर्यावराण इन्जिनियरिङ प्रयोशालामा फोहोर पानीको प्रयोगबारे काम गरिरहँदा विस्फोट भएको थियो । अल जजिराको रिपोर्ट अनुसार यो धमाकापछि प्रयोगशालामा आगलागी भएको थियो । स्थानीय सञ्चारमाध्यममा देखाइएको दृश्यमा त्यहाँ आगो र धुवाँ फैलिएको थियो ।
दमकल र स्थानीय प्रशासनको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । वास्तविकता पत्ता लगाउनका लागि घटनाको बारेमा अनुसन्धान भैरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।