म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ । म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारलाई रोजगारदाताले फिर्ता गरेको यो सम्भवतः पहिलो घटना हो ।
कामदार ल्याउँदा लाने सबै खर्च व्यहोरेको टर्कीको अंकारास्थित आइजिए एयरपोर्ट कम्पनीले म्यानपावर र दलालले ठूलो रकम असूल गरेको तथ्य फेला पारेपछि रकम तिर्ने कामदारलाई नै फिर्ता गरेको पीडितको गुनासो छ ।
विभिन्न चरणमा १०–११ महिना अघि टर्कीको त्यो कम्पनीले युरो नेपाल र एचआर म्यानपावरमार्फत एक हजार तीनसय ५० कामदार लिएको थियो । तीमध्ये तीन सय २० जनालाई फर्काइदिएको र अरु फर्कने क्रममा रहेको उदयपुर, बेलका नगरपालिका १ का किरण वान्तवाले बताउनुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।