‘पब्लिक ओर्क्स’ मन्त्रालयको भवनको गेट नजिकै कार बम विस्फोट, ४३ जनाको मृत्यु


प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार

अफगानिस्तानको काबुलस्थित एक मन्त्रालयकाे गेट नजिकै आत्मघाती बम विस्फोट गराइएको छ। घटनामा कम्तिमा ४३ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।

अफगान सरकारी अधिकारीका अनुसार मारिनेमा केही प्रहरीहरु समेत छन्। हमलापछि गरिएको जवाफी कारबाहीमा ३ जना आतंककारीसमेत मारिएको प्रहरीले दाबी गरेको छ।

‘पब्लिक ओर्क्स’ मन्त्रालयको भवनको गेट नजिकै कार बम विस्फोट गराइएको हो। विस्फोट लगत्तै आक्रमणकारीहरु भवनभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

विस्फोटका दौरानमा भवनमा सयौं कर्मचारीले काम गरिरहेका थिए। आक्रमणबाट बच्नका लागि केही कर्मचारी भवनको माथिल्लो तलाबाटै हाम फालेका थिए। गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले भवनमा फसेका ३ सर ५० कर्मचारीलाई सकुशल बाहिर निकालिएको छ। उनका अनुसार मृतक र घाइतेको संख्या बढ्नसक्ने छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालसम्म घटनाको बारेमा कसैले पनि जिम्मेवारी लिएको छैन। अमेरिकाले अफगानिस्तानबाट ठूलो संख्यामा सैनिक फिर्ता गर्ने बताएको केही दिनपछि नै उक्त हमला भएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com