मेक्सिकन राजनीतिका शक्तिशाली दम्पत्तिको हेलिकप्टर दुर्घटनामा मृत्यु, राष्ट्रपतिले दिए छानबिनको वचन


प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार

सोमबार मेक्सिकोको प्युब्ला प्रान्तकी गभर्नर मार्था एरिका आलोन्सोले पद सम्हालेको १० दिनमात्र भएको थियो। यो प्रान्तकी पहिलो महिला गभर्नर उनले डिसेम्बर १४ मा सपथ लिएकी थिइन्।

उनी गभर्नर बन्नुभन्दा पहिले त्यहाँ उनका पति राफेल मोरेनो भाइल गभर्नर थिए। यसपालि उनी संघीय सांसद निर्वाचित भएका थिए।

मेक्सिको राजनीतिमा यो जोडी शक्तिशाली दम्पत्तिका रूपमा चर्चित थियो। तर अब उनीहरू मेक्सिकोको राजनीतिमा हुने छैनन्। सोमबार भएको हेलिकप्टर दुर्घटनामा परी उनीहरूको निधन भएको छ।

मेक्सिकन समाचारपत्र रिफोर्माका अनुसार उनीहरू चढेको हेलिकप्टर प्युब्लाको हेलिप्याडबाट सान पेड्रो ट्लाल्टेनांगोतिर गएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्युब्ला सरकारले विज्ञप्ति जारी गर्दै दुर्घटनामा मार्था दम्पत्तिसहित कम्तिमा पाँच जनाको ज्यान गएको जनाएको छ।

मृत्यु हुने अन्यमा दुई जना पाइलट र एकजना भाइलका सहयोगी छ।

विज्ञप्तिमा कोरोनांगो नगरमा भएको हेलिकप्टर दुर्घटना भयावह भएको बताइएको छ।

मार्थाका पति राफेललाई कुनै बेला मध्यमार्गी दल नेशनल एक्सन पार्टीको उदाउँदो नेताको रूपमा हेरिएको थियो। उनले सन् २०११ देखि २०१७ सम्म प्यूब्लाको गभर्नर चलाएका थिए। एक समयमा उनलाई भावी राष्ट्रपतिको सम्भावित उम्मेद्वार भनिएको थियो।

गत जुलाईमा भएको चुनावबाट मेक्सिको संस्थापनलाई हराएर राष्ट्रपति चुनिएका आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मार्था र उनका पतिको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनले दुर्घटना कसरी भयो भन्नेबारे जाँचबुझ गर्न अधिकारीहरूलाई निर्देशन पनि दिएका छन्।

‘दुर्घटनाको अनुसन्धान गरी के भएको ह सत्यतथ्यबाहिर म प्रतिवद्ध छु,’ राष्ट्रपति ओब्राडोरले मार्था परिवारलाई लेखेको समवेदनामा भनेका छन्।

सन् २०१० मा प्युब्लाको गभर्नर जितेपछि राफेल शक्तिशाली नेताका रूपमा उदाएका हुन्।

उनको महत्वकांक्षा बढेसँगै प्रान्त र आफ्नै पार्टीका नेतालाई नियन्त्रणमा राख्न थालेको भन्दै आलोचना भएको थियो।

पछि उनीमाथि राजनीतिक प्रक्रियालाई बेवास्ता गरेको आरोप लागेको थियो।

उनकी पत्नी मार्थाले गभर्नरको जितेको चुनावबारे राष्ट्रपति ओब्राडोरको पार्टीले विरोध गरेको थियो। पत्नी मार्थालाई जिताउन भाइलले चुनावी प्रक्रियामा प्रभाव पारेको उसको दाबी थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com