अष्ट्रेलिया सरकारले ल्यायो नयाँ भिसा योजना, पीआरको समेत सम्भावना


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता पनि ग्रामिण ( रिजनल ) क्षेत्रमा व्यवसायीहरुले कामदारको अभाव रहेको गुनासो गरिरहेका कारण सरकारले नयाँ भिसा योजना ल्याएको हो ।

नयाँ भिसा योजना अन्तर्गत, अष्ट्रेलियाको रिजनल क्षेत्रका व्यवसायीले विदेशी कामदारलाई स्पोन्सर गर्न सक्नेछन् । विदेशी कामदार दक्ष हुनुपर्नेछ र पेशा कृषि, हस्पिटालिटी तथा अन्य व्यवसायसंग सम्बन्धित हुनुपर्नेछ । स्ट्यानडर्ड भिसा अन्तर्गत नपर्ने पेशालाई समेत व्यवसायीहरुले स्पोन्सर गर्न पाउनेछन् भने अंग्रेजी भाषा दक्षतामा पनि कडाइ हुनेछैन । उक्त Temporary Skill Shortage visa (Subclass 482) पीआरको लागि पाथवे समेत हुनेछ ।

Designation Area Migration Agreements नाम दिइएको यो योजना हालको लागि भिक्टोरियाको Warrnambool region र Northern Territory मा लागु हुनेछ । यी क्षेत्रमा जनसंख्या अत्यन्तै न्यून रहेको र कामदारको अभाव रहेकोले सरकारले प्राथमिकतामा राखेको हो । केही समय पछि अरु रिजनल क्षेत्रमा पनि यो योजना विस्तार गर्ने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com