ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा २८१ जनाको मृत्यु, ८४३ घाइते !


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २८१ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो । नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो ।

“दृश्यहरु आशु झर्ने खालका थिए,” स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भन्नुभयो । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् ।

थप सुनामी आउने त्रासका कारण इण्डोनेसियामा अनक क्राकाटोआ ज्वालामुखी क्षेत्र वरपरका तटीय स्थानमा रहेका मानिसहरूलाई तटभन्दा पर रहन भनिएको छ। शनिवार अनक क्राकाटोआ ज्वालामुखी विस्फोटकै कारण उत्पन्न भएको ठानिएको सुनामीले २ सयभन्दा धेरै जनाको ज्यान गइसकेको छ। उद्धारकर्मीहरूले रातभर सुनामीका कारण फसेका मानिसहरूको खोजबिन जारी राखेका छन्।

शनिवार सुमात्रा तथा जाभा टापुका तटीय नगरहरूमा विशाल छालहरू ओइरिएका थिए। उक्त सुनामीका कारण २८१ जनाको ज्यान गएको छ भने ८४३ घाइते भएका छन्।

ज्वालामुखीका कारण समुद्रमुनि पहिरो गएको र त्यसैले उक्त सुनामी पैदा गरेको ठानिएको छ। अनक क्राकाटोआ ज्वालामुखीबाट आइतवार फेरि खरानी र धुवाँको मुस्लो निस्किएका छन्। जसले थप सुनामी आउन सक्ने त्रास बढाइदिएको छ।

इण्डोनेसियाका विपद व्यवस्थापन निकायका प्रमुख सुतोपो पुर्वो नुग्रोहोले जाभामा पत्रकार सम्मेलन गरि थप सुनामीको सम्भावना बाँकी रहेको बताएका थिए। उनले मानिसहरूलाई हालका निम्ति तटीय क्षेत्रबाट परै रहन अनुरोध गरिएको बताए। अनक क्राकाटोआमा ज्वालामुखी विस्फोट निरन्तर भइरहेकाले सुनामीको खतरा बाँकी रहेको उनले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com