सलमान बने दशौं इन्डियन आइडल


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

हरियाणाको मेवातका सलमान अली भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को १० औँ संस्करणको विजेता बनेका छन् ।

आइतबार राति भएको फाइनलमा अरु चार प्रतिस्पर्धीलाई पछि पार्दै सलमान अलीले इन्डियन आइडल १० को ट्रफी उचालेका हुन् । आइतबार भएको फिनालीमा भएको लाइभ भोटिङ्ग तथा अघिल्लो हप्ता र शनिबार प्राप्त भएको भोटको आधारमा अली पहिलो भएका हुन् ।

हिमाञ्चल प्रदेशका अंकुश भारद्वाज दोस्रो भए । उपाधि जितेको सलमान अलीले २५ लाख भारतीय रुपैयाँ र एउटा कार उपहारमा पाएका छन् । यस्तै दोस्रो भएका अंकुशले पाँच लाख भारतीय रुपैयाँ र अरु उपहार पाए ।

बहुचर्चित बनेको इन्डियन आइडलको यो सिजनको सेकेण्ड रनरअप अर्थात तेस्रो स्थानमा १६ वर्षकी निलान्जन रे रहिन् । यस्तै नितिन कुमार र विभोर प्रासर चौथो र पाँचौँ स्थानमा रहे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com