जापानमा संचालित नेपाली रेष्टुरेन्टमा आगलागी, ६ घाइते


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

जापानको तोचिगी केन,  तोचिगी स्थित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा  ६ जना नेपालीहरु घाइते भएको समाचार छ । घाइते हुनेहरुमा महिला समेत छन् ।

पहिलो तलामा रहेको सो रेष्टुरेन्टमा आइतबार राती साडे १२ बजेको समयमा सुरु भएको आगलागी विहानमात्र नियन्त्रणमा आएको प्रहरीलाई उधृत गर्दै आसाही टेलिभिजनले लेखेको छ । के कति कारणले आगलागी भयो भन्ने प्रहरीले जाँच गरिरहेको समाचारमा उल्लेख छ ।

घाइतेहरुको अनुहार जलेको र २९ बर्षिय एक पुरुषको अवस्था गम्भिर रहेको बताइएको छ । प्रहरीका अनुसार आगलागीको समयमा वरपरका वासिन्दाहरुले ठूलो विस्फोटको आवाज र सिसाहरु फुटेको सुनेका थिए ।

खास के कारणले आगलागी भएको हो भन्ने एकिन नभएपनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा कुनै बिस्फोटका कारण आगलागी भएको हुनसक्ने अनुमान छ ।

रेष्टुरेन्टको व्यवस्थापक मध्येका एकले भने ग्याँसको मूख्य भल्ब बन्द रहेको बताएका छन् ।

घटना जेआर र्योगोकु लाइन, तोचिगी स्टेशनबाट ३०० मिटर दक्षिणतर्फ रहेको नेपाली रेष्टुरेन्टमा भएको बताइए पनि रेष्टुरेन्टको नाम तथा घाइतेहरुको नाम समाचारमा उल्लेख गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com