इण्डोनेसियामा सुनामीका कारण कम्तीमा ४३ जनाको मृत्यु


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

इण्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा आएको सुनामीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

अन्य ५ सय ८४ जना घाइते भएको त्यहाँको विपद व्यवस्थापन निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सुनामीका कारण कयौं घरहरुमा क्षति पुगेको छ भने केही मानिस हराईरहेका छन् ।

क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्र मुनि पहिरो निम्त्याएको कारण सुनामी आएको हुन सक्ने विपद व्यवस्थापन निकायका अधिकारीले प्रारम्भिक अनुमान गरेका छन् । सुनामीका कारण बाढीको खतरा समेत बढेको भन्दै स्थानियलाई अन्यत्र सार्ने तयारी भइरहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जाभा र सुमात्रा टापु बीचमा अवस्थित सुन्दा स्ट्रेटले जाभा सागरलाई हिन्द महासागरसँग जोड्छ । यसअघि गत सेप्टेम्बरमा त्यहाँस्थित मध्य टापु सुलावेसीमा शक्तिशाली भूकम्प गएपछि आएको सुनामीका कारण २ हजार मानिसको ज्यान गएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com