कंकालसहित जापानको जंगलमा परिचय पत्र भेटिएका मिलन पुनको परिवार दूतावासको सम्पर्कमा


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

जापानको जंगलमा मानव कंकाल भेटिएकै स्थानमा तीन बर्षदेखी बेपत्ता रहेका नेपाली युवाको परिचयपत्र भेटिएपछि सम्वन्धित व्यक्तिको परिवार नेपाली राजदूतावास जापानको सम्पर्कमा आएका छन् ।

मानव कंकालसहित बेपत्ता मिलन पुनको परिचय खुल्ने कार्ड भेटेको समाचार सार्वजनिक भएपछी परिवारजन दूतावासको सम्पर्कमा आएका हुन् ।

जापानको चिवास्थित एक पहाडको जंगलमा मिलन पुनको नममा जारी भएको जापानको परिचयपत्र जाईंयु कार्ड र बीमा परिचयपत्र सहित मानव कंकाल गत हप्ता जापान प्रहरीले फेला पारेको थियो ।

जापानस्थित चिबा प्रान्तको कातोरी प्रहरीले ३ वर्ष अघि बेपत्ता भएका मिलन पुनको परिचयपत्र सहित मानव अवशेष भेटिएपछी उक्त कंकाल बेपत्ता मिलनको हुन सक्ने अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेपत्ता पुन २०१४ जुन महीनाको १६ तारीख़ प्रशिक्षण भिसामा जापान आइ तीन वर्षअघि बेपत्ता भएका भनि उनका आफन्तले जापान प्रहरी चिवामा उजुरी दिएका थिए ।

३५ वर्षीय बेपत्ता पुन ठेगाना बाग्लुङ ढोरपाटनस्थित अधिकारी चौर रहेको खुल्न आएको छ ।

मानव कंकालसहित मिलन पुनको परिचय खुल्ने कार्ड भेटिएको कातोरी प्रहरीले नेपाली राजदूतावास जापानलाई जानकारी गराएको थियो ।

उक्त मानव कंकाल बेपत्ता मिलन पुनको हो वा होईन भन्ने वारे पत्ता नलागे पनी मिलनको जापानको रूम पार्टनरको माध्यमबाट उनको परिवारसंग शुक्रवार सम्पर्क भएको नेपाली राजदूतावास जापानका उप नियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिएको मातृसन्देश अनलाईनले खवर प्रकाशित गरेको छ ।

उक्त कंकाल मिलन पुन कै हो वा होईन आफन्त सम्पर्कमा आएपनी पुनको दाजु तारमा तथा परिवारजन नेपालमा भएकोले जापान प्रहरीसंग समन्वय गरेर सत्यतथ्य बुझ्ने काम भईरहेको नेपाली राजदूतावास जापानका उप९नियोग प्रमुख अर्यालले बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com