लन्डन बिमानस्थलमा ड्रोन उडाएको अभियोगमा दुई जना पक्राउ


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण बिमानस्थल बन्द गरिएपछि बिमानस्थलमै अलपत्र परेका थिए ।

ग्याटविक बिमानस्थल तीन दिनसम्म बन्द भएका कारण झण्डै एक लाख २० हजार यात्रु अलपत्र परेका थिए । बुधबार बेलायतको दोस्रो सबैभन्दा व्यस्त क्याटविक बिमानस्थलको आकाशमा ड्रोनहरु देखा परेका थिए । प्रहरीले उक्त घटनालाई आपराधिक कार्य भन्दै ड्रोन उडाउने व्यक्तिको खोजी तिब्र बनाएको थियो ।

प्रहरी अधिकृत जेम्स कोलिसले ड्रोनको आपराधिक प्रयोगको अभियोगमा दुई व्यक्तिलाई ससेक्स प्रहरीले पक्राउ गरेको जानकारी दिनुभयो । आगामी दिनमा पनि थप ड्रोन आक्रमणका घटना हुनसक्ने भन्दै प्रहरीले सूचना प्राप्त गर्न सबै विकल्पहरु खुला राखेको उहाँले बताउनुभयो ।

प्रहरीले लन्डनको दक्षिणतर्फ कुनै ड्रोन उडेको देखिए खबर गर्न आम सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार बिमानस्थल खुला गरिए पनि अर्को ड्रोन देखिएसँगै केही समय बिमानस्थल पुनः बन्द गरिएको थियो । ससेक्स प्रहरीले रहस्यमयी ड्रोन सञ्चालकको खोजी गर्न प्रहरी अधिकारीहरुले विभिन्न उपाय अबलम्बन गरिसकेको जनाएको छ ।

तिब्र गतिमा हुने बिमानमा ड्रोन ठोक्किए त्यसले अकल्पनीय क्षति पुग्न सक्दछ । अधिकारीहरुले छुट्टी मनाउने सिलसिलामा बिमान सेवा प्रयोग गर्ने यात्रुहरुलाई बिमानस्थल जानुअघि हवाई सेवाको पछिल्लो अवस्था बुझ्न आग्रह गरेका छन् ।

ग्याटविक बिमानस्थलका प्रवक्ताले शुक्रबार बिहानका लागि निर्धारित ४१२ वटा बिमान आगमनमध्ये ९१ वटा रद्द गरिएको तथा ३७१ मध्ये ६४ वटा प्रस्थान उडान रद्द गरिएको जानकारी दिनुभयो ।

बिहीबार ड्रोनका खतरा रोक्न सेनाको समेत सहयोग लिइएको थियो । रक्षा मन्त्रालयले ड्रोन पत्ता लगाउने विशिष्ट उपकरण सहितको सैनिक टोली परिचालन गरिएको जनाएको छ ।

ग्याटविक बिमानस्थलको समस्याका बारेमा सरकारी अधिकारीहरुको आपतकालीन बैठक समेत बसेको छ ।
बेलायको कानुन अनुसार ड्रोनहरु बिमानहरुको नजिक वा बिमानस्थलको एक किलोमिटरभित्र वा ४०० फिटभन्दा माथि उडाउन पाइन्न ।
कानुनको उल्लङ्घन गर्नेमाथि पाँच वर्षसम्मको जेल सजाय हुन सक्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com