जापानमा कर वढ्दैछ, कसरी तयार रहने?


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

आगामी वर्षको अक्टोबर १ देखि जापानको उपभोग कर ८ प्रतिशतबाट बढेर १० प्रतिशतमा पुग्दैछ । यद्यपि कर वृद्घिको भविष्य अझै पनि अनिश्चित नै भए पनि प्रधानमन्त्री सिञ्जो आवेले भने कर वृद्घिको घोषणा गरिसकेका छन् । कर वृद्घि जापानीहरुका लागि ठूलो टाउको दुखाईको विषय पनि हुन सक्छ । करवृद्धिले जापानीहरुका लागि मात्र नभई विदेशीहरुका लागि पनि थप खर्चभर बढाउँछ । करवृद्घि पछि आफ्नो जीवनशैलीमा के कस्ता परिवर्तन गर्नुपर्छ भन्ने बारे आजको लेखमा जानकारी दिने प्रयास गरिएको छ ।

१. कर किन बढ्छ?

जापानले कर बढाउनु पछाडिका मुख्य कारण यसप्रकार छन्ः
– बढेको कर भारी वर्षा, आँधी र भूकम्पका कारण क्षतिग्रस्त क्षेत्रको पुर्निर्माणका लागि राष्ट्रिय बजेटमा जोडिन्छ ।

– जापानको बढ्दो वृद्ध जनसंख्या र घट्दो जन्दमदर जस्ता मुद्धाहरुको सहयोग गर्ने सामाजिक सुरक्षा प्रणालीमा खर्च गर्न राष्ट्रिय बजेटमा थपिन्छ ।

– न्यून आम्दानी हुनेहरुका लागि निःशुल्क प्रि विद्यालय, प्रि किण्डरगार्डेन, कलेज र प्रणाली आदीमा सहयोग गर्ने राष्ट्रिय बजेटमा जोडिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जापानमा कर वृद्घिले सबै मानिसलाई पक्कै पनि प्रभवित त पार्छ नै तर यसले महत्वपूर्ण क्षेत्रमा सहयोग पनि गर्छ ।

२. सबै कुराको भाउ बढ्दैन

आगामी कर वृद्घिले सबै कुराको भाउ बढ्दैन । अक्टोबर १ देखि पनि ८ प्रतिशत नै उपभोग कर लाग्ने केही वस्तुहरु निम्न छन् ।

– स्न्याक्स, तरकारी, मिठाइ,मासु, माछा फलफुल आदी ।
– पानी र गैर मदिराजन्य पेय पदार्थ ।
– विद्यालय खाजा वा रिटायरमेण्ट घर खाना ।

यदि तपाइ सधैं आफ्ना परिवार र आफ्ना लागि घरमा खाना बनाउनुहुन्छ भने तपाइको थुप्रै पैसा वचत हुन्छ र कर वृद्घिले तपाइलाई केही पनि फरक पार्दैन ।

३.प्रमुख असरहरु के के हुन्?

केही केही कुरामा भने कर वृद्घिले ठूलै प्रभाव पार्न सक्छन् । ती हुन्ः
– वियर, वाइन, जापानी सेक, स्किट सेक
– होटलको रुम सर्भिस
– होटल रेष्टुराँमा खाएको खानेकुरा

– कन्भिनियन्सबाट स्टोरबाट खरिद गरिने पत्रिका वा पुस्तक र सामान
– सम्पत्ति खरिद
– घरपालुवा जनावरको खाना

४. पारिवारिक आर्थिक अवस्थाको पुनर्विचार गर्ने उपयुक्त समय

कर वृद्घिको समय पारिवारिक आर्थिक अवस्थाबारे पुर्नर्विचारका लागि पनि उपयुक्त समय हो । यसका लागि निम्न कुराहरुबारे सोच्न सकिन्छ ।

– सेलफोन रेट प्लानको पुनः जाँच गर्ने
सेलफोनमा आफूले लिएको भुक्तानी योजनाबारे पुनः एकपटक विचार गर्नुपर्छ । आफ्नो योजना कर वृद्घिपछि पनि उपयुक्त हुन्छ कि हुँदैन भनेर एकपटक फेरी विचार गर्ने

– आफू तयार भएपछि मात्रै घर खरिदको योजना बनाउने

आगामी वर्ष कर बढ्नु अगाडि नै घर खरिद गर्ने धेरैको योजना हुनसक्छ । यदि तपाइ कुनै सम्झौताबीना नै घर खरिद गर्न लाग्नुभएको हो भने यो एकदमै सहि समय हो । होइन भने हतार गर्नु ठीक होइन । विस्तारै सोचेर र आफू साँच्चिकै घर खरिदका लागि तयार भएपछि मात्रै खरिद प्रकृया अघि बढाउनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com