अमेरिकी रक्षा मन्त्री म्याटिसको अकस्मात्‌ राजीनामा किन


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री जेम्स म्याटिस उच्च मूल्याङ्कनसहित आउँदो फेब्रुअरीको अन्त्यमा सेवानिवृत्त हुन लागेको घोषणा गरेका छन्।

जनरल म्याटिसले मित्र शक्ति र अन्य देशहरूको सैन्य दायित्व निर्वाह गर्न आफूलाई धेरै सहयोग गरेको भनी राष्ट्रपति ट्रम्पले ट्वीट सन्देशमा उल्लेख गरेका छन्।

म्याटिसको सेवा निवृत्त हुने ट्रम्पको सो घोषणा सिरियाबाट सबै अमेरिकी फौज फर्काउने उनको विवादित निर्णयको एक दिन पछाडि आएको हो।

अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस ट्रम्प प्रशासन भित्रका अधिकारीहरुले राजीनामा दिने सिलसिलाका हालसम्मका सबैभन्दा पछिल्ला अधिकारी बनेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्णय

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फर्काउने घोषणा गरेको भोलि पल्टै अकस्मात् जनरल म्याटिसको त्यस्तो निर्णय बाहिर आएको हो।

उनले म्याटिसको उत्तराधिकारीको नाम भने उल्लेख गरेनन्।

तर चाँडै नै नियुक्ति प्रक्रिया अघि बढाउने बताए।

आफ्नो राजीनामा पत्रमा जनरल म्याटिसले आफ्ना मित्र शक्तिहरूसँग सम्मानपूर्वक व्यवहार गर्ने र साझा रक्षाका लागि अमेरिकी क्षमताका सम्पूर्ण संसाधन प्रयोग गर्ने धारणा व्यक्त गरेका छन्।

राजीनामा पत्र

उनले राष्ट्रपति ट्रम्पसँग आफूभन्दा “राम्रो, क्षमतावान र विभिन्न विषयमा ट्रम्पका विचारसँग नजिक मान्छेलाई रक्षा मन्त्री चुन्न सक्ने” अधिकार भएकोले आफू सो पदबाट बाहिरिनु उपयुक्त लागेको व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन्।

बुधवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस् पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका थिए।

सर्वत्र निकै आलोचित सो घोषणाबारे त्यसो गर्नु अमेरिकाको रणनीतिक भूल हुने भनी रक्षा मन्त्री म्याटिसले चेतावनी दिएका थिए।

अमेरिकी सैनिकहरूले आईएस् लडाकुहरूको पकड क्षेत्रबाहेकका उत्तर पूर्वी सिरियाको अधिकांश भूभाग इस्लामिक स्टेट समुहको कब्जाबाट अलग गर्न मद्दत गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com